
Ddhbs
Ratbs
Ssbus
Bksbus5
Nssbus7
Gsl
Csbus
Rbs
syysr
Pbu
Amb
Jsbus
gms
dsbus
Gsbus
Syees

Wsp
Asm
Hal
Pvg
Tsm
nsb
Sls
Bbbpu
Ksm
Rsb
Ggd
Gst
Ssm
Bbu
Rgs
Rgu
Vor
Sbs
Rgu

bbt
Syp
Jmb
Bml
Pls
Gsb
Mks
Ptm
Rpp
Rmb
sab
Abd
Jmb
दाङ । नेपाली कांग्रेस दाङको जिल्ला सभापती पदका लागी आज शंकरप्रसाद डाँगी र भुुपबहादुर डाँगीविच पुनः प्रतिस्पर्धा हुदै छ । सभापति चयनका लागि आज विहान ९ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
भरपुर स्थित पद्मोदय पब्लिक नमूना माविमा विहान ९ बजे देखी मतदान प्रकृया सुरु हुने भएको छ । हिजोसम्म एक जना सभापती पदका लागि चार जना प्रतिस्पर्धामा रहेका थिए । पार्टीको विधान अनुसार सभापतीमा चयनका लागि ५१ प्रतिशत मत ल्याउनुपर्ने र त्यो भन्दा कम मत ल्याए दुुई जना धेरै मत ल्याएका विचमा फेरी मतदान हुने व्यवस्था छ ।
चार जना मध्ये कुनै पनि उमेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेका कारण आज पुनः निर्वाचन हुन लागेको निर्वाचन समितिका सदस्य युवराज बस्नेतले जानकारी दिनुभएको छ । आज सबै भन्दा धेरै मत प्राप्त गर्ने दुई डाँगीविच प्रतिस्पर्धा हुन लागेको छ ।
सभापती पदका लागी प्रतिस्पर्धीमा रहेका मध्ये सबैभन्दा धेरै मत शंकरप्रसाद डाँगीले ७ सय ७६, भुुपबहादुर डाँगीले ५ सय ४६, जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर घिमिरेले ३ सय १५ मत प्रप्त गर्नुभएको थियो ।
यस्तै २ जना उपसभापतीका लागि उमेद्वारी दिएका ७ जना मध्ये कमानसिंह भारती र गिरीराज सुुबेदी विजयी हुनुभएको छ । उपसभापती पदका उमेद्वार यकराज आचार्य, प्रदिपकुुमार खड्का, बुुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुुर डाँगीलाई पराजित गर्दै भारती र सुबेदी उपसभापती पदका लागी निर्वाचित हुनुभएको हो ।
कुल मतदाताको संख्या २ हजार १ सय ९२ रहेकोमा २ हजार १ सय ३५ जनाले भोट हालेका निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, दुुई सचिब पदका लागि उमेद्वारी दिएका ४ जना मध्ये सूूर्यप्रकाश राना र कृष्णप्रसाद सुुबेदीलाई पछि पार्दै बालिका लम्साल र अर्जुुनकुमार योगी निर्वाचित हुनुभएको छ ।
यसैगरी, २ सहसचिब पदका लागि उमेद्वारी दिएका ४ जना मध्ये लक्ष्मि योगी, र हरिप्रसाद भुुसाललाई पछि पार्दै राजुु आचार्य र सुुबोधकुुमार डाँगी निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसको जिल्ला कार्य समितिमा ७ पदाधिकारी र ४५ जना सदस्य निर्वाचित हुने छन् । जस अनुुसार ६ जना सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
