
Ssbus
Jsbus
gms
Nssbus7
Bsbus
Ssbus
Ksbus
Bksbus5
dsbus
Csbus
Ksbus
Gsl
Rsbus
Ksbus
Pbu
bpmhl
Gsbus
Lsbus
Ssbus

Gst
Rgu
Rgs
Ssm
Rgu
Bbu
Wsp
nsb
Vor
Sbs
Ggd
Rsb
Sls
Pvg
Hal
Asm
Tsm
Ksm
Bbbpu

Gsb
Ptm
Syp
Pls
Rmb
Jmb
Rpp
Abd
sab
Mks
Bml
bbt
Jmb
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे ।
अधिकांश स्थानमा उद्घाटनसत्र सम्पन्न गरेर नेतृत्व चयनको प्रक्रिया चलिरहेको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उन अनुसार धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको छ भने केहीमा स्वस्थ प्रतिस्पर्धाबाट पनि निर्वाचित भएका छन् । आइतबारसम्ममा सबै पालिकाको नेतृत्व चयन भइसक्ने उनले जानकारी दिए ।
उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा पनि उद्घाटनसत्र सम्पन्न भई नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । माओवादीले पालिकास्तरीय सम्मेलनमा नेता, कार्यकर्ता र नागरिकको सक्रिय सहभागिताले आफूहरूलाई उत्साहित बनाएको बताएका छन् । शनिबार दिनभर ललितपुरका विभिन्न पालिकाहरूको अधिवेशनमा सक्रिय रहनुभएका माओवादी नेत्री पम्फा भुसालले सम्मेलनले पार्टीमा नयाँ उभार पैदा भएको प्रतिक्रिया दिए । उनले जनतामा समेत माओवादी नै खास पार्टीका रूपमा स्थापित भएको बताए ।
माओवादीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेको थियो । धेरैजसो पालिकामा सोही विधिबाटै नेतृत्व चयन भएका छन् भने केहीमा निर्वाचन पनि भएका छन् । केन्द्रीय कार्यालयका सचिव ढकाल आफैँ पनि तनहुँका दुईवटा पालिकाको अधिवेशन सम्पन्न गर्न खट्नुभएको थियो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ धादिङको निलकण्ठ नगरपालिकाको सम्मेलनमा सहभागी भए । माओवादीका अधिकांश नेता तथा कार्यकर्ता आजको सम्मेलनमा सहभागी हुनुभएको थियो । भूमिसुधार सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ मध्यपुर थिमि नगर समितिको सम्मेलनमा सहभागी भए ।
अर्थमन्त्री जनार्दन शर्मा गृहजिल्ला रुकुम पश्चिमका विभिन्न पालिकाहरूको सम्मेलनमा सहभागी भए । आठबीसकोट नगरपालिका र बाफिकोट गाउँपालिकाको सम्मेलनमा सहभागी हुनुभएका मन्त्री शर्माले माओवादीलाई एक नम्बरको पार्टी बनाएरै छाड्ने दृढता व्यक्त गरे ।
पार्टीलाई साङ्गठनिकरूपमा स्पष्ट बनाउने र विधिमा सञ्चालन गर्ने उद्देश्यका साथ माओेवादीले यसपटक केन्द्रीय, प्रदेश र स्थानीय तहसम्म निर्वाचन समिति नै गठन गरेर नयाँ नेतृत्व चयन गर्ने व्यवस्था गरेको हो । उद्घाटनसत्रमा माओवादी अध्यक्ष प्रचण्डले जनताले भरोसा गर्ने क्रान्तिकारी पार्टी निर्माण गरिछाड्ने दृढता व्यक्त गरेका थिऐ । उनले विचार, सङ्गठन र कार्यशैलीमा समेत जनपक्षीय पार्टी बनाउने बताइका थिए ।
माओवादीले ७५३ वटा स्थानीय तहका अलावा सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिकास्तरीय सम्मेलनको आयोजना गरेको हो । आज सम्पन्न भएका सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गरेको छ । यही मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।
पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ । माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ ।
माओवादीले पार्टीले विधानको व्यवस्थानुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको थियो । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए । पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेहरूलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ ।
वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थानुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व सुनिश्चित हुने गरी नेतृत्व चयन गर्दछ । वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन् । यस्तै नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिए ।अनलाइनखबर
