
Jsbus
Ddhbs
Ssbus
Gsbus
syysr
Nssbus7
gms
Syees
Bksbus5
Rbs
dsbus
Amb
Gsl
Csbus
Pbu
Ratbs

Gst
Tsm
Vor
Rgs
Hal
Ssm
Sls
Ggd
Ksm
Rgu
nsb
Bbbpu
Pvg
Rgu
Sbs
Bbu
Rsb
Wsp
Asm

Jmb
sab
Rmb
Jmb
Pls
Syp
Rpp
Abd
Ptm
bbt
Gsb
Mks
Bml
गुल्मी । कहिलेकाही आँखाहरु यस्तो भ्रममा परिदिन्छन जहाँ नक्कली दुबोको कार्पेट विछ्याएको हुन्छ त्यहा दुबो नै होला भनेर पत्याएजस्तो ।जबसम्म आँखाले नजिकबाट नियाल्न पाउदैन तब सत्यकुरा के हो जान्न मुस्किल हुन्छ ।जस्तो कहिलेकाही सडकमा मिराज देखिए जस्तो ।जहा हेर्दा पानी झै देखिने तर नजिक गएर हेर्दा केहि नहुने ।कहिलेकाही सत्य कुरा आफैले नजान्दा अरुले भनेको विस्वास गर्नुपर्ने हुन्छ ।
यतिबेला मलाई तिम्रो आँखा बाहेक अरु जान्नु छैन ।सायद त्यो अरु भनेको तिम्रो हृदय हो ,तिम्रो जीवन हो ।अरुसङ्ग हरु जोडिएको विषयमा मलाई चासो छैन ।म त यत्ती जान्दछु मलाई तिम्रो आँखा मन पर्छ ।आँखा किन मन पर्छ?तिमिले सोध्छौ होला ।तिमिलाई चिया किन मन पर्छ ?मैले सोधिदिन सक्छु ।प्रश्न उठ्न सक्छ आँखा र चियाबिच के सम्बन्ध के छ?
एउटा टेवल
टेवलमा दुइ कप चिया ,कपको वारी र पारी एक एक जोर आँखा पहिलोपटक जुध्छन ।बडो आश्चर्यजनक रुपमा भेट भएका आँखा मौन बसी टुलुटुलु टेवलको चिया खाइरहन्छन ।चिया स्थिर हुन्छ धड्कनको गति हुदैन ।पहिलोपटक के बोलौं के भनौं भनेर आँखाहरु सोचमग्न हुन्छन् ।मेरो आँखाको चस्मा टेवलमा बस्छ ।मौनता भङ्ग गर्दै बोल्छु –
चियाको फोटो खिचौं न !
ऊ मोबाइल निकाल्दै भन्छे- खिचन ।
दुइ कप अगाडी एक थान चस्मा राखेर उसलाई देखिने गरि फोटो लिन्छु ।ऊ आँखा चिम्लिन्छे ।थोरै शर्माएजस्तो गर्छे ।दुइ चार तस्बिरहरु खिचिन्छन ।जहा ओठ कम आँखा ज्यादा बोल्छन ।
कहिलेकाही
प्रश्न उठ्थ्यो मलाई भेट्न आउदैनौ?
म भन्थें – तिमिसङ्ग भेट्दाको दिन एक बाल्टीन च्या खानी हो ।
ऊ भन्थी – खुप खायौ आए पो खान्छौ ।
एक अव्यक्त हासो जन्मिन्थ्यो ।
मैले सम्झिराछु
तिमिलाई सात ओटा चक्लेट दिनु पर्ने छ चार ओटा त मेरै birthday को हो।मलाई मेरो birthday याद नभएनी उसलाई दिनुपर्ने चक्लेट याद भइरह्यो ।
हेर न तिमिलाई चक्लेट नै ल्याउन बिर्सेछु ।चिया पिउदै गर्दा भनेथें ।उसको जवाफ नआउदै उसको हातमा चक्लेट राखिदिएँ ।उसको ओठमा मुस्कान लालीगुँरास फक्रे झै देखिन्थ्यो ।
तिमिलाई याद छ नि? मैले तिम्रो गाजलु आँखाको क्षेत्रफल सोधेको थिएँ ।कति रहेछ थाहा पायौ? ऊ मुस्कुराइ र जवाफमा भनी – आँखाको क्षेत्रफल नहुने रहेछ ।आँखाको त गहिराइ हुने रहेछ ।चियामा बिस्कुट डुबे झैं उसको आँखामा मेरो हृदय डुबीदिन्छ ।हृदय डुब्नको लागी प्रेम हुनुपर्छ ,त्यो प्रेम आँखासङ्ग थियो ।ओ गाजलवाली मात्रै के भनेथें ऊ फेरि लजाउँछे ।
तिमिलाई याद छ नि मैले के भनेथें ?
ऊ के भन्दै प्रश्न गर्छे
मलाई काली केटि मन पर्छ किनकी आँखामा कालो गाजल राम्रो देखिन्छ ।त्यही भएर मलाई गाजलु आँखा मन पर्छ ।
काली च्या खाने अझै? नाइँ को जवाफ आउदैन ।उसलाई मैले बोलाइराख्ने नाम काली हो कहिलेकाही उसको नाम के हो बिर्सन्छु ।ऊ काली भन्दा कहिल्यै रिसाइने ।बरु आज त क्या हिरोनी भैदेकी भनेर जिस्काउदा खुप जान्यौ भन्दै घुर्की आउँथ्यो ।
चियाका कपहरु रित्तिदै जान्छन ।आँखाका संवादहरु बढ्दै जान्छन् ।तिमिलाई हतार भयो होला जाम अब ।
दुइ आँखाहरु यत्ती भनेर झिसमिसे साँझमा च्यापसलबाट छुट्टिन्छन ।
साँझहरु त्यती कुरुप पनि हुदैनन जस्तो उनको आँखा ।हरेक कालो बस्तु त्यती नराम्रो पनि हुदैन जद्तो कालो गाजल ।
उनको आखामा गाजल चियामा चिनी हाले जस्तो ।खुब सुरत आँखा खुब मिठो चिया ,त्यो भन्दा मिठा सम्झनाहरु।
मान्छेसङ्ग नभएर आँखासङ्ग मात्रै कसरी प्रेम हुन्छ? कहिलेकाही हैरानी पूर्ण प्रश्न सोधिन सक्छन ।मैले कहिलेकाही जिस्काउँथे – आँखामा गाजल लगाउदै रुदै गर्दा गाजल बगेर तिमि काली भएकी हौ ।नपत्याए हेर न कालीगण्डकी पनि बग्दाबग्दै काली भएको ।
ऊ जवाफमा एउटै कुरा दोहोराउथी – जानेछौ खुप ।
मेरो आँखाको बारेमा लेख न उसले भनेकी थिइ ।मैले जवाफमा भनेथें – चिया पिउदै तिम्रो आँखा हेर्न पाए जरुर लेख्नेछु ।तिम्रो आँखासङ्ग प्रेम हुन त देउ ।जहा प्रेम हुदैन त्यहा feel हुदैन ।feel नभएको झुट्टो बयान लेख्नु भनेको मूर्तिलाई शृङ्गार गर्नु जस्तै हो ।
एकदिन तिम्रो आँखाको बयान जरुर लेख्नेछु ।
कहिलेकाही लाग्छ यि आँखाहरु उसको हृदय देखून।उसको ओठमा मुस्कान देखिरहून।आँखाले देख्न नचाहने भनेको उसको आँखामा आँशु हो ।आँखाबाट गाजल बगेजस्तो बगेको खुशी हो देख्न नचाहने भनेको ।मान्छे खुशी हुदा आँखामा चमक आउछ ।कोहि खुशी भएको र नभएको उसको आँखा हेरेर सजिलै पत्ता लाग्छ ।जब हृदयदेखि हाँसो आउँछ तब ओठमा प्रफुल्ल मुस्कान र आँखामा चमक आउँछ । प्राय मान्छेहरु नक्कली दुबोको कार्पेट जस्तो मुस्काराउछन ।
हरेक सम्बन्धमा प्रेम हुनैपर्छ भन्ने हुदैन ।हरेक सम्बन्ध प्रेमी प्रेमिकाको मात्रै हुनैपर्छ भन्ने हुँदैन साथीत्वका सम्बन्धहरु पनि प्रेमिल हुने गर्छन ।प्रेमिलको मतलब सुमधुर हो सम्बन्ध हो ।जो तिमिसितको छ ।
बानेश्वर चोक ,
चोकमा जेव्राक्रस ।हतार हतार गरेर हिडेका पाइलाहरु रातो बत्तीमा 200 सेकेन्ड रोकिन्छन ।200 सेकेन्ड समयावधिमा मनमा दुइ सय ओटा कुरा खेल्छन ।आँखा अगाडीका सयौँ मान्छेहरु ,सयौँ मान्छेका सयौँ आँखाहरु, सयौँ आँखामा भरिएका सयौँ सपनाहरु आफ्नो उद्देश्य बोकेर डुलिरहेछन ।
म
एक मान्छे दुइ जोर आँखा एउटा झोला बोकेर हरियो बत्तीको पर्खाइमा बस्छु ।म जस्ता सयौँ मान्छे पर्खाइमा देख्छु ।पाइलाहरु एउटा गन्तव्य खोजिरहेछन ।यो हृदयको गन्तव्यमा आइनपुगेकाहरु पनि यहि बाटो काटेर जान्छन होला म सोच्छु ।सायद आउनेवालीलाई पनि आँखाले देखिसके सिर्फ नचिनेका मात्रै हुन् ।हजारौं अन्जान आँखाहरु आँखासङ्ग ठोक्किदै ठोक्किदै माइक्रो बस जस्तै घुमिरहेछन चक्रपथमा ।
जबसम्म जीवनको रङ्ग चिन्न सकिदैन तब आँखाहरुले दुनियाँ श्यामश्वेत देख्दो रैछ ।दुनियाँ रङ्गीन देख्न त हृदयमा खुशीका रङ्गहरु पोतिनुपर्ने रहेछ ।कहिलेकाही कसैलाई हृदयले जीवनको रङ्ग सोच्दो रहेछ तर यथार्थमा उसलाई अर्कैको जीवनको रङ्ग देख्न पुगिने रहेछ ।आँखाले पनि आफैलाई रङ्गविहिन देख्दा रहेछन रङ्ग सोचेको मान्छेको रङ्गीएको शिर देख्दा ।कहिलेकाही आफ्नै आँखालाई पनि यसरी नमज्जा लाग्ने रहेछ ।
कहिलेकाही आँखा भएर पनि रङ्ग चिन्न नसकिने रहेछ ।यो त आँखाको कमजोरी रहेछ ।eye test गरेर आँखाको कमजोरी देखाए जस्तो कोही आएर जीवनको कमजोरी देखाए जस्तो ।कहिलेकाही आँखाभएर पनि अन्धो बनाइदिन्छ ।अन्धोपन त्यही रहेछ जहा जीवनका उज्याला मार्गहरु चिन्न नसकिने रहेछ ।कुनै अँध्यारो युगमा बाँचेका आँखाहरु सिर्फ जून हेर्न चाहादा रहेछन ।त्यो जून जीवनको जून रहेछ ।जो जिन्दगीलाई कान्तिमय बनाउन आइपुग्ने जून रहेछ ।
आँखाहरु कहिलेकाही खुशीबाट एकैपटक आँशुको सागरमा खस्दा रहेछन् ।कोहि नअडिएको हातको रेखामा आँशु अडिदा रहेछन् ।कहिलेकाही आँखा दुख्छन नि ।दुख्नलाई कारण नचाहिने रहेछ कारण त सिर्फ आँखाहरु ओभाएर मुस्कुराउनलाई चाहिने रहेछ ।
कहिलेकाही आँखाहरु सोचिदिन्छन आँखामा बसेका मान्छे धूलो नबनून ।र धुलो बनेर आँखामा नपसून ।बहुत सुन्दर कुराहरु देख्न बाकी छन ।
आँखामा के छैन ?सबथोक छ ।बा आमाको झझल्को आँखैमा छ ।आँखा बन्छु भन्ने मान्छेको झ झल्को आँखैमा छ ।हजारौं सपनाहरु आँखैमा छन ।आँखालाई उपहार दिएर जानेको झ झल्को पनि आँखैमा छ ।बहुत सुन्दर कुरादेखी कुरुप कुराहरुको दृश्य आँखैमा छ ।
हरेक बिहान मिर्मिरेमा आँखाहरु खुलेर साँझमा एक सुन्दर जून देख्न चाहन्छन ।त्यो जून आकाशको पनि हुन सक्छ जीवनको पनि हुन सक्छ ।
कहिलेकाही आँखाको नजिकै हुनेको पनि कुरा बुझ्न सकिन्न जस्तो आँखाको नजिकै राखेर पढ्न नसकिएजस्तो ।
एक जोर मेरा आँखा छन् ।आँखालाई एक थोक इच्छा छ ।ओ गाजलवाली फेरि एकपटक तिम्रो गाजलु आँखा हेर्दै चिया पिउन पाइयोस् ।
