
Sssbus1
Gsl
Ssbus
Pbu
nsm
Ssbus
tssbus
ssbus
Sssbus1
Ssbus

Ksm
Hal
Rgu
Rsb
Rgs
Ssm
Gst
Vor
Rgu
Sls
Pvg
Bbu
Wsp
Sbs
nsb
Tsm
Ggd
Asm
Bbbpu

Ptm
Bml
Gsb
Pls
Jmb
Abd
Jmb
Rmb
sab
Mks
Rpp
Syp
bbt
काठमाडौं । गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने पाँच वटा सिमेन्ट उद्योगहरु कारबाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने उद्योगहरुलाई कारबाही गरेको हो ।
त्यस्तै कारबाहीमा पर्ने उद्योगहरु मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारा गरि ५ उद्योगहरु रहेका छन् ।
यस्तै मारुती,युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागेको छ । सिमेन्टको गुणस्तर परीक्षणका क्रममा तोकेको गुणस्तरअनुसार नरहेको भन्दै विभागले बिक्री वितरण रोक्का गरी १५ दिन भित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
त्यस्तै युनाइटेड सिमेन्टको ५३ ग्रेडको सङ्कलित ओपीसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३७ र ५३ हुनुपर्नेमा ३५ र ३९ रहेको र यो नमुना नेपाल गुणस्तर ५७२ अनुसार नरहेको भन्दै ५३ ग्रेडको सिमेन्ट बिक्री रोक्का गरी त्यो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिएको छ । साथै जगदम्बा सिमेन्टको पीपीसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० रहेको र यो नमुना नेपाल गुणस्तर ३८५ अनुसार नरहेको भन्दै विभागले सिमेन्ट बिक्री रोक्का गरी यो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिनुका साथै १५ दिनमा स्पष्टीकरण पेस गर्न समेत निर्देशन दिएको छ ।
