
Sssbus1
Gsl
ssbus
Sssbus1
Pbu
nsm
Ssbus
Ssbus
Ssbus
tssbus

Bbbpu
Sbs
Ssm
Sls
Bbu
Rgs
Vor
Hal
nsb
Rsb
Rgu
Pvg
Ksm
Rgu
Gst
Ggd
Wsp
Tsm
Asm

bbt
Jmb
Mks
Rpp
Gsb
Abd
Jmb
Pls
Syp
sab
Ptm
Rmb
Bml
काठमाडौं । छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । तर अमेरिकाको सम्पत्ति भने सोही गतिले बढेको देखिँदैन ।
कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ ।
विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको वासलात (ब्यालेन्स शीट) को जाँचपछि उक्त रिपोर्ट तयार पारिएको हो । २० वर्षको अवधिमा वृद्धि भएको विश्वको कुल सम्पत्तिमध्ये चीनले एक-तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको छ । यसरी हेर्दा सो अवधिमा चीनको कुल सम्पत्तिमा १६ गुणा वृद्धि भएको छ ।
रिपोर्टअनुसार सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १५६ ट्रिलियन डलर थियो । तर २०२० मा विश्वको कुल सम्पत्ति बढेर ५१४ ट्रिलियन डलर पुगेको छ । उक्त अवधिमा वृद्धि भएको कुल सम्पत्तिमध्ये एक-तिहाई हिस्सा चीनको रहेको छ ।
सन् २००० मा विश्व व्यापार संगठनको सदस्य बन्दा चीनको कुल सम्पत्ति ७ ट्रिलियन अर्थात् ७० खर्ब डलर थियो । सन् २०२० मा त्यहाँको कुल सम्पत्ति बढेर १२० ट्रिलियन डलर पुगेको छ । यसको अर्थ २० वर्षमा चीनको कुल सम्पत्तिमा ११३ ट्रिलियन थपिएको छ ।
पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र दुई गुणाले बढेको छ । २०२० मा अमेरिकाको कुल सम्पत्ति ९० ट्रिलियन डलर रहेको अनुमान गरिएको छ । सम्पत्ति (प्रोपर्टी) को मूल्यमा ज्यादा वृद्धि नहुँदा अमेरिकाले पहिलो स्थान गुमाएको र चीनले उछिनेर विश्वकै धनी मुलुक बनेको रिपोर्टमा उल्लेख छ ।
चीन र अमेरिका विश्वका सबैभन्दा ठूला अर्थतन्त्र हुन् । यी दुवै मुलुकको दुई-तिहाईभन्दा बढी सम्पत्ति अति धनि १० प्रतिशत मानिससँग रहेको र उनीहरूको हिस्सा बढ्ने क्रम जारी रहेको ब्लुमबर्गले म्याकिन्से एण्ड कम्पनीको रिपोर्ट उदृत गर्दै लेखेको छ ।
समाचारअनुसार विश्वकै ६८ प्रतिशत सम्पत्ति रियल स्टेटमा लगानी गरिएको छ । बाँकी सम्पत्ति पूर्वाधार, मेशिनरी, उपकरण, वौद्धिक सम्पत्ति र पेटेन्टमा रहेको छ ।अनलाइनखबर
