लमही चेम्बरको पहिलो बैठक,दुई सल्लाहकार सहित प्रेस सँयोजकमा टेकबहादुर पुन नियुक्ती

दाङ । देउखुरीको लमहीमा रहेको लमही चेम्बर अफ कमर्सको पहिलो बैठक आइतबार आज लमहीमा सम्पन्न भएको छ । सँस्थाको रातोडाडा स्थित कार्यालयमा बसेको बैठकले विभिन्न ब्यक्तिहरुलाई पदमा रहने गरि नियक्ति गरेको छ । लमही चेम्बरका अध्यक्ष किरण कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले दुईजना सल्लाहकार चयन गरेको छ । बिबेक भण्डारी बरिष्ठ सल्लाहकार र बविता खत्रिलाई […]

सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने २ जना पक्राउ

काठमाडौं । सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका वडा नम्बर–१, का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् । त्यस्तै पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला […]

लमही चेम्बर अफ कमर्शको साधारण सभा तथा चौथो अधिवेशन,अध्यक्षमा बुढाथोकी चयन

दाङ । लमही चेम्बर अफ कमर्स लमही दाङको ७औँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार लमहीमा सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालको अध्यक्षता तथा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिव अजय न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा व्यवसाय, सहकार्य र संगठन सुदृढीकरणका विषयमा व्यापक छलफल भएको थियो । उपाध्यक्ष शशी परियारको […]

एमाले नेता महेश बस्नेत सवार रहेको गाडीमा रङ फ्याँकियो,२ जनालाई प्रहरी नियन्त्रणमा

काठमाडौं । विराटनगरमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा प्रदर्शनकारीले रातो रङ फ्याँकेका छन् । विराटनगर विमानस्थल परिसरबाट बाहिरिने क्रममा उनी सवार गाडीमा रङ प्रहार भएको हो । युवाहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए । प्रहरीले विरोधमा संलग्न भएको आरोपमा सन्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको […]

आइटी क्षेत्रमा विद्यार्थीको सिप प्रदर्शन:कोड फेस्ट–२०२५’ दाङमा सम्पन्न,गुरुकल दोस्रो स्थान

दाङ । पहिलोपटक आयोजित सूचना तथा प्रविधिसम्बन्धी प्रतियोगिता ‘कोड फेस्ट–२०२५’ मा दाङ र बाँकेका विद्यार्थीहरुले आफ्ना सीप र नवीन सोच प्रस्तुत गरेका छन् । कोड फर चेन्जको आयोजनामा र अम्बिकेश्वरी क्याम्पसको सहयोगमा सम्पन्न उक्त कार्यक्रम आइटी क्षेत्रमा अवसर खोज्ने तथा नवप्रवर्तनमार्फत योगदान दिने उद्देश्यले गरिएको हो।प्रतियोगितामा सहभागी विद्यार्थीहरुले कृषि,उद्योग,स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा प्रविधिको प्रयोगबाट कसरी […]

कृषकहरु अर्गानिक खेतीतर्फ अग्रसर हुनुपर्छ:अध्यक्ष विष्ट

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषकहरु अर्गानिक खेतीतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औँल्याएका छन् । शनिबार वडा नम्बर ९ रुपाकोटस्थित राप्ती कृषि सहकारी संस्थाको दाेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष विष्टले पछिल्ला वर्षहरूमा रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको र मानव स्वास्थ्यमा समेत नकारात्मक असर परेको बताए । उनले प्राङ्गारिक […]

प्रिमियर लिगमा विराटनगर किङ्सको लगतार दोस्रो जित, काठमान्डु पाँच विकेटले पराजित

काठमाडौं । आज नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई विराटनगर किङ्सले पराजित गरेको छ । यो जितसँगै विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै अंक तालिकामा शीर्षस्थान बनाएको छ । पहिले ब्याटिङ गर्दै काठमान्डु गोर्खाजले दिएको १३५ रनको मध्यम लक्ष्य विराटनगरले १७ दशमलव १ ओभरमा पूरा गर्दै पाँच विकेटको जित निकाल्यो । विराटनगरको जितमा […]

रौतहटको चन्द्रपुरदेखि दुईवटा स्वचालित पेस्तोलसहित एक जना नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–४,चन्द्रपुरस्थित देउराली चोकबाट आज दुई वटा स्वचालित पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बाराको निजगढ नगरपालिका–६ का २२ वर्षीय सुमन आचार्यलाई उक्त पेस्तोलसहित सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । त्यस्तै सशस्त्र प्रहरीले उनको साथबाट इटालीमा निर्मित […]

गढवामा आरम्भ चौतारीद्वारा ३ दिने कुसन बुन्ने तालिम उद्घाटन

दाङ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लि. गढवा र राजपुर शाखाको संयुक्त आयोजनामा तीन दिने कुसन बुन्ने तालिम सुरु भएको छ । संस्थाका गढवा शाखा प्रमुख रमिता पुनको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गढवा गाउँपालिका ६ नम्बर वडा अध्यक्ष बिरबहादुर आलेमगरले गरेका छन् ।कार्यक्रममा बोल्दै अध्यक्ष आलेले लघुवित्तको कर्जा जोखिमलाई न्यूनीकरण गर्न र समूह […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]