राजपुरको भैसहवामा नि:शुल्क आँखा जाँच,३५ जनामा मोतिविन्दु

दाङ । देउखुरीको राजपुरमा नि:शुल्क आँखा जाँच कार्यक्रम मंगलबार सम्पन्न भएको छ । लमही आँखा अस्पतालको प्राविधिक सहयोग एन.ए.बी.पी नर्वेको आर्थिक सहयोगमा राजपुर गाउँपालिका वडा नम्बर ३ भाैसहवामा निःशुल्क आँखा जाँच कार्यक्रम भएको हो । उक्त कार्यक्रममा १ सय ५५ जानको आँखा जाँच गरिएकोमा ३५ जनालाई मोतिविन्दु र ६ जना अन्य विरामीहरु फेला परेको अस्पतालले […]

सरकार र चिकित्सकबीच पाँच बुँदे सहमतिपछि तत्काललाई आन्दोलन स्थगित

काठमाडौं । स्वास्थ्यकर्मी माथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि आज सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएको छ । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय,गृह मन्त्रालय,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी […]

बुटवलमा एकताको सन्देश दिन राष्ट्रिय झण्डा बोकेर सद्भाव र्‍याली

रुपन्देही । पछिल्लो समय दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा रुपन्देहीको बुटवलमा सद्भाव र्‍याली निकालिएको छ । बुटवलको राजमार्ग चौराहामा बुधबार आज विभिन्न समुदायका नागरिकको सहभागितामा शान्तिपूर्ण सद्भाव र्‍याली भएको हो । धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय सद्भावको सन्देश दिन ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’ भन्ने मूल नारासहित […]

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकः८ मन्त्रालय कायम

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली,२०८३ स्वीकृत गरेको हो । यस अघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गर्दै अब […]

राप्तीमा जेष्ठ नागरिकलाई निःशुल्क उपचार,लक्षित वर्गलाई एम्बुलेन्स पनि निःशुल्क

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालले ७० वर्षमाथिका जेष्ठ नागरिक तथा असहाय–बेसहारा नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य सेवामा आर्थिक अवस्था बाधक नबनोस् भन्ने उद्देश्यले अस्पतालले चिकित्सकको परामर्श, स्वास्थ्य परीक्षण,आवश्यक औषधि र आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको जनाएको छ । राप्ती आधारभूत अस्पतालका मेडिकल […]

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व देशभर भव्य साथ मनाइँदै

काठमाडौं । आज श्रावण १३ गते बुधबार अर्थात तिथिका आधारले गणना गर्दा आषाढ शुक्ल पूर्णिमा । हरेक वर्ष आजकै दिन मनाइने यो पर्व हिन्दु, बौद्ध र जैन धर्मावलम्बीहरूका लागि विशेष धार्मिक,सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको पर्व हो । त्यस्तै,गायत्री मन्त्र, धर्मशास्त्र, वेद मन्त्र सुनाउने र आधारभूत शिक्षा तथा उच्च शिक्षा दिने र जन्मदेखि मृत्यु नहुँदासम्म […]

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना,आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ । जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका […]

सरकारद्वारा ६ महिना तलबी प्रसूति बिदाको प्रस्ताव,ऐन संशोधनको तयारी

काठमाडौं । नेपाल सरकारले सुत्केरी महिलाले पाउने तलबी प्रसूति बिदा बढाएर ६ महिना पुर्‍याउने प्रस्ताव अघि सारेको छ । त्यस्तै,हाल सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाले कम्तीमा ९८ दिन तलबसहितको प्रसूति बिदा पाउँदै आएका छन् । ऐन संशोधनका लागि तयार पारिएको विधेयकमा दफा १३ को […]

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो काङ्ग्रेस,पाँच जना मन्त्रीको सामूहिक राजीनामा

दाङ । लुम्बिनी प्रदेश सरकारबाट नेपाली काङ्ग्रेस बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै काङ्ग्रेसका पाँच जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरुको सामूहिक राजीनामा बुझाएकी हुन् । राजीनामा बुझाउने मन्त्रीहरुमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]