सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीबाट पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम […]

त्रिभुवन राजपथ अन्तर नौबिसे-नागढुङ्गा सडक अवरुद्ध

काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्डमा लेदो माटोले सडक अवरुद्ध बनेको छ । यहाँको धुनिबेँसी नगरपालिका वडा नम्बर –९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध बनेको हो । निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन् । त्यस्तै काठमाडौँबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका छन् […]

राजपुरको पवित्रनगर सामुदायिक स्वास्थ्य सेवा इकाईबाट ५५ जनाले लिए नियमित खोप

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित पवित्रनगर सामुदायिक स्वास्थ्य सेवा इकाईले नियमित खोप अन्तरगत बिहीबार ५५ जना सेवा ग्राहीलाई खोप प्रदान गरेको छ ।प्रत्येक महिनाको १० गते लगाइने खोप अन्तरगत ४८ जना बालबालिका र ७ जना गर्भवती महिलालाई नियमित खोप प्रदान गरिएको उक्त स्वास्थ्य सेवा इकाईकि इन्चार्ज शर्मिला बाठा (बुढा) मगरले […]

आज लुम्बिनी सहित चार प्रदेशमा घनघोर वर्षा हुने,सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । वर्षायाम संगै देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ, भने केही स्थानमा घनघोर […]

प्रहरीद्वारा बिक्रीका लागि राखिएको करिव २३ किलो कुहिएको माछा बरामद

दाङ । देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङमा बिक्रीका लागि राखिएको करिव २३ किलो माछा प्रहरीले बरामद गरेको छ । बिहीबार आज भालुवाङ स्थित पूर्वपश्चिम राजमार्गको किनारमा कुहिएको माछा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले कपिलवस्तुको कृष्णानगर नगरपालिका वडा नम्बर ३ बस्ने राधेश्याम लोनियाले बिक्रीका लागि राखेको कुहिएको बैखा जातको माछा […]

सप्तकोसी नदीमा खसेको बसमा सवार १७ जना यात्रुको उद्धार

काठमाडौं । आज कोसी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचबाट सप्तकोसी नदीमा बस खसेको छ । बिराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । त्यस्तै बसमा सबार सबै जनालाई सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको भण्डारीले बताए […]

राजपुरको न्याउपाने नाका गाउँमा आकाशे पानीकै भरमा बाली उत्पादन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर-७ स्थित न्याउपाने गाउँमा जग्गा जमिन भएर पनि उपभोग गर्नका लागि पानी सिचाइको व्यवस्था नहुँदा त्यहाँ बसोबास गर्ने मानिसहरुले ईन्डियाको खाद्यान्न प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । त्यहाँका मानिसहरुले आकाशे पानीको आस र भरमा मकै,गहुँ,लगायत अन्य बाली लगाउने गर्छन भने त्यसैमा धेरै जसो जंगली जनावरहरुले नोक्सानी गर्ने गर्दछ्न […]

लुम्बिनी प्रदेश सरकारद्वारा विश्व पर्यटन दिवस दाङमा महोत्सवको रुपमा मनाइने

दाङ । लुम्बिनी प्रदेश सरकार,उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यहीँ असोज ११ गते ४५ औँ विश्व पर्यटन दिवसलाई महोत्सवकै रुपमा मनाइने भएको छ । दाङको घोराहीमा प्रदेशस्तरको कार्यक्रमको आयोजना गरी महोत्सवकै रुपमा दिवसलाई मनाउन लागिएको हो । पर्यटन दिवसका अवसरमा असोज ११ गते जिल्ला समन्वय समिति घोराहीको […]

राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने

दाङ । राप्ती गाउँपालिकाले धान उत्पादक कृषकलाई प्राेत्साहान गरि उत्पादन वृद्धि गर्ने उदेश्यले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ” खाद्य (धान) बाली बढी उत्पादन गर्ने किसानलाई सम्मान” कार्यक्रम अन्तर्गत सबैभन्दा बढी धान उत्पादन गरि प्रथम,द्वितीय र तृतीय हुने कृषकहरुलाई क्रमश […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]