
Ggp
Asbus
Rgp
Ksbus
Sdc
Ggp
Msbus
Lnp
Ksbus


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित पवित्रनगर सामुदायिक स्वास्थ्य सेवा इकाईले नियमित खोप अन्तरगत बिहीबार ५५ जना सेवा ग्राहीलाई खोप प्रदान गरेको छ ।
प्रत्येक महिनाको १० गते लगाइने खोप अन्तरगत ४८ जना बालबालिका र ७ जना गर्भवती महिलालाई नियमित खोप प्रदान गरिएको उक्त स्वास्थ्य सेवा इकाईकि इन्चार्ज शर्मिला बाठा (बुढा) मगरले जानकारी दिइन् ।
स्वास्थ्य सेवा इकाईबाट अहिले वडा नम्बर २ का नागरिक र वडा नम्बर १,३ तथा गढवा गाउँपालिका वडा नम्बर ७ भोजपुरका नागरिकले समेत सेवा लिन आउने गरेका छन् । यसैगरी उक्त इकाईबाट अब छिट्टै बर्थिङ सेन्टर संचालनमा ल्याएर सेवा ग्राहीहरुलाई सेवा प्रदान गर्न लागिएको छ ।
त्यस्तै अहिले उक्त स्वास्थ्य सेवा इकाईबाट दिइने सेवाहरु’ परिवार नियोजनको ४ वटै सेवा,बिरामी जाँच तथा औषधि प्रदान,परिवार नियोजन सम्बन्धि परामर्श,गर्भवती महिलाहरुको स्वास्थ्य जाँच तथा परामर्श र बालबालिकाहरुको नियमित खोप संचालनसंगै सेवा लिन आउने सेवा ग्राहीहरुलाई आवश्यक परामर्शहरु प्रदान गर्दै आइरहेको छ ।
राजपुरको वडा नम्बर दुई बेलामा रहेको उक्त स्वास्थ्य सेवा इकाईको कार्य क्षेत्र ठुलो रहेको हुँदा राज्यले आगामी दिनमा सो इकाईलाई,स्वास्थ्य चौकीको रुपमा संचालन गर्न आवश्यक रहेको समाजसेवी एवं बुद्धिजीवी मान बहादुर बुढा मगरले जानकारी दिए ।
