दाङ । देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङमा बिक्रीका लागि राखिएको करिव २३ किलो माछा प्रहरीले बरामद गरेको छ ।
बिहीबार आज भालुवाङ स्थित पूर्वपश्चिम राजमार्गको किनारमा कुहिएको माछा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले कपिलवस्तुको कृष्णानगर नगरपालिका वडा नम्बर ३ बस्ने राधेश्याम लोनियाले बिक्रीका लागि राखेको कुहिएको बैखा जातको माछा बरामद गरेको हो ।
त्यस्तै बरामद गरेको माछालाई स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी,भालुवाङ पशुक्वारेन्टाईनका कर्मचारी समेतको रोहबरमा नष्ट गरी माछा व्यापारी लोनियालाई आवश्यक कार्वाहीको लागि पशु क्वारेन्टाईन भालुवाङमा पठाईएको प्रहरीले जनाएको छ ।