दुखहरण यादव/गढवा शुक्रबार, आश्विन ११, २०८१

दाङ । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ एन काे संयाेजन तथा लायन्स क्लब अफ गढवाकाे आयाेजनामा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे छ ।गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका ३२ जना विद्यार्थीकाे सहभागिता भएकाे प्रतियाेगितामा दिपगंगा बाेर्डिङ स्कुलकि निशा चाैधरि प्रथम भएकि छन् । प्रतियाेगितामा शुभतारा बाेर्डिङ स्कुलका मनिश चाैधरी दाेस्राे तथा बालकल्याण आधारभुत विद्यालयलकि पुर्णिमा चाैधरीले तेस्राे स्थान हासिल गरेकि थिईन् ।कार्यक्रममा प्रथम, दाेस्राे तथा तेस्राे स्थान प्राप्त गर्नेलाई नगद,प्रमाणपत्र तथा खादाले सम्मान गरिएकाे क्लबका अध्यक्ष उमाकान्त पन्तले जानकारी दिनुभयाे । साथै प्रथम स्थान प्राप्त गर्नेले ड्रिस्टिक ३२५ एन मा सहभागी हुने अवसर प्राप्त गरेकाे क्लबले जनाएकाे छ । ड्रिस्टिक ३२५ एन मा चित्रकाे मुल्यांकन हुने र उत्कृष्ट भएमा मेक्सिकाेमा हुने अन्तर्राष्ट्रिय चित्रकलामा भाग लिन पाउने अवसर प्राप्त हुने क्लबमा सचिब ओमप्रकाश बसेलले जानकारी दिए ।त्यस्तै प्रथमकाे कला डिस्ट्रकमा पठाउछाैं उत्कृष्ट भएमा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुनेछ उनले बताए । ११ वर्षदेखि १३ वर्ष सम्मका विद्यार्थीकाे कला मुल्यांकन हुने गरि कार्यक्रम संचालन भएकाे हाे ।प्रतियाेगिताकाे छनाैट काेड प्रणालिमा भएकाे हाे । काेड प्रणालिमा जिल्लामा पहिलाे पटक नतिजा सार्वजनिक भएकाे हाे । मुल्यांकन समिति सदस्य हरि पाख्रेलले नतिजा आउदासम्मकाे बिजेता भन्ने निर्णायक मन्डललाई जानकारी नभईकाे बताए ।काेड सिष्टममा निर्णय भयाे, काेड अनुसार रिजल्ट तयार गर्याै, क्लबलाइ बुझायाैं काेड अनुसार नै प्रथम, दाेस्राे र तृतिय घाेषणा भएकाे हाे पाख्रेलले बताए । यस प्रणालिले स्वच्छ निर्णय भएकाे छ उनले भने । प्रतियोगिताकाे निर्णायकमा गढवा गाउँपालिका शिक्षा शाखा रबिलाल माझी, शिक्षक तथा साहित्यकार हरि पाेख्रेल र क्लबका तृतिय उपाध्यक्ष तथा पुर्ब शिक्षक नवराज देवकाेटा रहेका थिए ।

क्लबका काेषाध्यक्ष खगेश्वर शर्माकाे झण्डाकाे अभिवादन आथ्यियता जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसुरत यादवकाे प्रमुख आथित्यतामा शुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिब ओमप्रकाश बसेलले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]