
Lnp
pku
Ses
cjs
Rgp1
Sgr
Ggp
Rgp
Pbu
Pes
Djs
Unsku
Gfs
Srbpu
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९० हजार ठगेको अभियोगमा दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र सोही जिल्लाको वनगाड कुपिन्डे […]
दाङ । गोरखा मोडेल कलेज तुलसीपुरका विविएस चौथो वर्षका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शुक्रबार आज एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई विदाई गरिएको हो । विविएस तेस्रो वर्षका विद्यार्थी अनिल चौधरीको अध्यक्षता तथा परीक्षा नियन्त्रण कार्यालय कोहलपुर बाँकेका सहायक परीक्षा नियन्त्रक लक्ष्मण पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरि विद्यार्थीहरुलाई विदाई गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि […]
दाङ । लुम्बिनी प्रदेश सभाको आज बसेको बैठकले एक विधेयक पारित गरेको छ भने अन्य एक वटा विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । सातौं अधिवेसनको दशौं बैठकले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मत रुपमा पारित गरेको हो । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्य का […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार वडा नम्बर ६ गढवामा सम्पन्न भएको छ । गाँउपालिकाले आर्थिक वर्ष २०८२/०८३ श्रावणदेखि चैत्र महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गढवा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले पालिकाले […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा ज्येष्ठ नागरिक र सासु सशुरालाई सम्मान गर्ने महिलालाई सम्मान गरिएको छ । वडा कार्यालयको आयोजनामा आज एक कार्यक्रमका बिच ९० जना ज्येष्ठ नागरिक र ४४ जना महिलालाई सम्मान गरिएको हो । सो अवसरमा बोल्दै तुलसीपुरका मेयर टिकाराम खड्काले सासु-सशुरालाई राम्रो हेरचाह गर्ने बहारीलाई सम्मान गर्ने अभियान तुलसीपुरबाट […]
रोल्पा । रोल्पामा दोस्रो जिल्ला स्तरीय क्वानकिडो च्याम्पियनसिप प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । क्वानकिडो संघ रोल्पाको आयोजनामा प्रतियोगिता भोलि चैत २८ गते शनिबार परिवर्तन गाउँपालिका वडा नम्बर ५ पुतलाचौरमा सञ्चालन हुन लागेको जिल्ला अध्यक्ष सुरेन्द्र वलीले जानकारी दिए । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोला स्थित शंकर आधारभूत विद्यालयको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिकि अध्यक्ष तुलसी रोकाको अध्यक्षता तथा राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख बासुदेव खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेला कार्यक्रममा प्रमुख अतिथि खनालले राजपुरको विद्यालयहरुमा शैक्षिकसत्र २०८३ देखि अङ्ग्रेजी माध्यम पढाई सुरु गर्ने […]
काठमाडौं । आज कलाकार सागर लम्साल बले हाजिरी जमानीमा रिहा भएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले परिवारको जिम्मा लगाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले बले रिहा भएको पुष्टि गरेका छन् । उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो । त्यस्तै अमेरिकामा बस्ने संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी […]
विराटनगर – सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीस्थित सीमा क्षेत्रबाट स्रोत नखुलेको ठुलो परिमाणको नगदसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान साढे ८ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको को २१ प १४९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा रकम फेला पारेको थियोे। पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी […]