बुटवलमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध अनेरास्ववियुद्वारा प्रदर्शन

बुटवल । नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्यबृद्बिका विरुद्ध बुटवल बहुमुखी क्याम्पस अगाडि प्रदर्शन गरेको छ । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भई टायर बाल्नुका साथै यातायातका साधनलाई समेत केही समय रोकेका थिए । प्रदर्शनमा अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जनताको अभिमतलाई कुच्चेर बनेको गठबन्धन सरकार जनता मारा सरकार भएकोले आन्दोलन गर्न […]

मल,बीउको सहज मागराख्दै अखिल नेपाल किसान महासंघद्वारा जिप्रका दाङलाई ज्ञापनपत्र

दाङ । खेतीपातीको मौसम शुरु भईसक्दा पनि अभाव खेप्दै आएका किसानलाई मल बीउको सहज आपूर्तिको माग गर्दै राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ जिल्ला समिति दाङले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष ऋषिराम पौडेल,केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्य,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यसहितको आज जिल्ला प्रशासन पुगेको […]

गढवा उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा काङ्ग्रेसका युवा नेता बसेलद्वारा रक्तदान

दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा नेपाली काङ्ग्रेसका युवा नेता ओमप्रकाश बसेलले आफ्नो जन्म दिनको अवशरमा रक्तदान गर्नु भएको छ । समय अनुसार चल्नु पर्ने र जन्म दिनमा फजुल खर्च गर्ने जुन सस्कार छ त्यस्लाई अन्त्य गर्नमा सहयोग पुगोस भनेर आफुले रक्तदान गरेको उपाध्यक्ष बसेलले भन्नू भयो । उपाध्यक्ष बसेलले आफ्नो जन्म […]

नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुरद्वारा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुर गाउँ कमिटीद्वारा नेकपा एमाले पार्टीबाट नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम शनिबार राजपुर-२ बेलामा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुरका अध्यक्ष दिल्ली बहादुर चौधरीको अध्यक्षता तथा नेकपा एमाले दाङ जिल्ला कमिटीका सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सचिव बुढाथोकीले पार्टीको सिधाान्त […]

अघाेषित लाेडसेडिङ बढेपछि दाङमा काङ्ग्रेसद्वारा प्राधिकरणलाई लालटिन उपहार

दाङ । अघोषित रुपमा केही दिनयता लोडसेडिङ हुन थालेपछि नेपाली काङ्ग्रेस घाेराही उपमहानगरपालिकाको नगर समितिले ध्यानाकर्षण पत्र बुझाएको छ। विद्युत प्राधिकरण दाङ स्थित वितरण केन्द्र घाेराहीका प्रशासन प्रमुख डण्डपाणी बिक समक्ष ध्यानाकर्षण पत्र सहित लाेडसेडिङकाे उपहार भन्दै लालटिन बालेर उपहार दिएकाे नगर सभापति तिलक रावतले बताए । यस अघि ध्यानाकर्षण पत्र मार्फत अघोषित लोडसेडिङलाई समाधान […]

राप्ती प्रादेशिकमा सेवा सुधारको मागसहित प्रमुखलाई जसपाको ज्ञापनपत्र

दाङ । जनता समाजवादी पाटी तुलसीपुर नगरसमितिले राप्ती प्रादेशिक अस्पतालमा सेवा सुधारको माग गरेको छ । अस्पतालमा पछिल्लो समय बिरामीको संख्या बढ्दै गएको अवस्थामा सेवाको स्तर झन् पछि झन् फितलो बन्दै गएको भन्दै जसपा तुलसीपुरले सेवा सुधारको माग गरेको हो । जसपा तुलसीपुर नगर अध्यक्ष टोपबहादुर महतारा र सचिव मोहन सिंह वली,अस्पतालका निमित्त प्रमुख ओम […]

राेल्पामा १४ वर्षीय किशोरी बलात्कार आराेपमा काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य केसी पक्राउ

राेल्पा । एक नाबालिक माथि जबर्जस्ती करणी गरेकाे अभियाेगमा एक जनप्रतिनिधि पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय मोहन केसी रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ। यस्तै उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट त्रिवेणी गाउँपालिका वडा नम्बर ६ काे वडा सदस्यमा निर्वाचित भएका केसीले साेमबार […]

मुख्यमन्त्रीको कुर्सी गएको झोँकमा शंकर पोखरेलले धमिलो पानीमा माछा मार्न खोजे

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली खत्रीको घटनाबारे सत्य तथ्य बुझ्नका लागि तीन सदस्यीय कार्यदल बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा कार्यदल बनाएको हो । समितिको सदस्यमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्ती मगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । […]

लुम्बिनीका राज्यमन्त्री बिमलाले भनिन्‘एकराज सम्पर्कमा नआएपछि घरमै जान बाध्य भएँ’ 

दाङ । दाङको तुलसीपुर ५ बसपार्क स्थित वाइसिएल नेता एकराज बस्नेतको श्रीमती र छोरीमाथि कुटपिट गरेको भन्दै विवादित बनेकी राज्यमन्त्री विमला कुमारी खत्री(वली)ले वास्तविकता भने फरक रहेको बताएकी छिन् । त्यस्तै उनले आफू एकराजसँग भएको पैसाको कारोबार मिलाउन गएको बेला आफूलाई नियोजित तरिकाले फसाउनका लागि यस्तो प्रपन्च गरेको बताएकी छिन् । उनका अनुसार वाइसिएल नेता […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]