दाङ । एमाले महासचिव ,पुर्ब मन्त्री शंकर पोखरेले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभातर्फ २ (क) मा एमालेका नेता निर्माण ब्यबसायिका प्रदेश अध्यक्ष समेत रहेका बलिभद्र राना, र २ (ख) मा गिरिराज केसीले उम्मेदवारी दर्ता गराएका छन् ।
गठबन्धन दलबाट नेकपा एकीकृत समाजबादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभाको १ (क) मा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारूले र क्षेत्र नं. १ को (ख) मा नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काका छोरा अनुरागले खड्काले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै नेकपा एमालेको तर्फबाट शान्ता चौधरीलाईले दाङ १ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएकी छन । यहाँ प्रदेश तर्फ क्षेत्र नं. १ (क) मा गंगाराम भट्टराई र १ (ख) मा कुलबहादुर केसीले एमालेबाट उम्मेदवारी दर्ता गराएका छन् ।मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदै छ ।