
Usb
Gsb
Tgp
Rsb
Rks
Ksb
Csb
Ksb
Bsn
Ssb
Fmb
jsb
Ppu
Ksb
Nsb
Ssb

Hl1
Ssb
Tsb
Gsb
Usb

Nps
Rgu
ptl
धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका २ जनाका लाई कारबाही गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई कारबाही गरेको जनाएको छ।
त्यस्तै कैलाली संघीय निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा (१) बाट प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिएका भोजराज सापकोटा र कैलाली संघीय निर्वाचन क्षेत्र ५ प्रदेश सभा (१) बाट बागी उम्मेदवारी दिएका रमेशकुमार बस्नेतलाई कारबाही गरिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरीले जनाएका छन्। सापकोटा माओवादी केन्द्रका गौरीगंगा नगर समिति उपाध्यक्ष हुन भने बस्नेत साधारण सदस्य हुन्।
यस्तै कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता तथा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी छन् भने कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा (१)मा सत्ता गठन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेशसिंह धामी छन्।
