दाङ । दाङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मि बढ्दाे छ । एमाले प्रतिकाे आकर्षण बढेकाे छ ।
चुनावी अभियानका क्रममा विभिन्न राजनीतिक दल परित्यागगरि एमालेमा प्रवेश गर्नेकाे लहर चलेकाे छ । राजपुर गाउँपालिका – २ बेलामा साेमवार आयाेजीत कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्यागगरि चर्चित नेता अम्मर गिरी एमालेमा प्रवेश गर्नु भएको छ । गिरी सहित ८० जना एमालेमा प्रवेश गर्नु भएको छ ।
नेकपा एमाले राजपुर गाउँपालिका किमिटिका अध्यक्ष हेमकुमार जिसीकाे अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पाेलिटव्यूराे सदस्य तथा क्षेत्र नम्बर १ का उम्मेदवार शान्ता चाैधरी,केन्द्रीय लेखा आयाेग सदस्य रेवतीरमण शर्मा,प्रदेश कमिटी सदस्य धुब्र आचार्य,प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य उम्मेदवार गंगाराम भट्टराई, प्रदेश कमिटी सदस्य नारायण डिसी छम्पाली,क्षेत्र नम्बर १ का संयाेजक सहजराम यादव,राजपुर गाउँपालिका इञ्चार्ज कुलराज गिरी लगायतले स्वागत गर्नु भएको छ ।