
Ksb
Usb
Fmb
jsb
Ppu
Ssb
Rks
Csb
Nsb
Rsb
Gsb
Ksb
Ksb
Ssb
Tgp
Bsn

Gsb
Hl1
Tsb
Usb
Ssb

ptl
Nps
Rgu
रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मंसिर ४ को निर्वाचनमा उमेदवार बन्न पाएनन् । उनी आवद्ध दल नेकपा माओवादी केन्द्र रोल्पाले उनलाई प्रतिनिधि सभा र प्रदेश सभा (ख) दुवै तर्फ सिफारिस गरे पनि पार्टी केन्द्रले टिकट नदिंदा उनी आसन्न निर्वाचनमा उमेदवार हुनबाट बन्चित भएका हुन् ।
सिट बाँडफाँटको क्रममा पाँच दलीय गठबन्धनले रोल्पाको प्रतिनिधि सभा र प्रदेश सभा (क) नेकपा माओवादी केन्द्र तथा प्रदेश सभा (ख) नेपाली कांग्रेसलाई दिएको थियो । केन्द्रीय गठबन्धनको भागबण्डा अनुसार पार्टी केन्द्रले प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले टिकट पाएका थिए । प्रदेश सभा (ख) गठबन्धनमा आवद्ध अर्को दल नेपाली कांग्रेसको भागमा परेपछि मुख्यमन्त्री केसी दुवै क्षेत्रको टिकटबाट बन्चित भए ।
नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य समेत रहेका केसी २०७४ सालको निर्वाचनमा रोल्पा प्रदेश सभा (क) बाट निर्वाचित भएका थिए । उक्त क्षेत्र यस पटक नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वस्वकीय सचिव जोखबहादुर महरा (प्रताप)ले रोजेपछि मुख्यमन्त्री केसी आफ्नै निर्वाचन क्षेत्र प्रदेश सभा (ख) गएका थिए ।
त्यस्तै रोल्पा प्रदेश सभा (ख) लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र पुन (सिजल)का साथै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले समेत दावी गर्दै आएका थिए । गठबन्धनमा रहेका दलहरुले देशका अधिकांश निर्वाचन क्षेत्र बाँडफाँट गर्दा रोल्पा प्रदेश सभा (ख) टुंग्याउन सकेका थिएनन् । आइतबार बिहान उनीहरुले प्रदेश सभा (ख) नेपाली कांग्रेसलाई दिने गरी क्षेत्र बाँडफाँट गरेसँगै मुख्य मन्त्री केसीले टिकट पाएनन् । पाँच दलीय गठबन्धनको सहमती अनुसार सो क्षेत्रबाट नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति पुनले उमेदवारी दिइसकेका छन् ।
वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा २०७४ सालमा नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचन जितेका मुख्य मन्त्री केसी शंकर पोख्रेल नेतृत्वको मन्त्रिपरिषदमा साढे तीन वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए । नेपाली कांग्रेस सहित पाँच दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री केसीले विगत करिब डेढ वर्ष यता आफ्नै नेतृत्वमा प्रदेश सरकार सन्चालन गरिरहेका छन् ।अनलाइनखबर
