
Mbdvs
Sds
mbd
Pbu
Rbs
Gisld
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ गरेका छन् । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो । उत्सवमार्फत ऐतिहासिक जीतगढी किल्लाको संरक्षण,प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । वि.सं. १८७२ वैशाख ७ गते […]
दाङ । वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाको १७ औं साधारणसभा आईतबार गढवामा सम्पन्न भएको छ । समितिका अध्यक्ष पुष्पा यादवको अध्यक्षता तथा गढवा गाउँपालिकाका कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा गढवा ६ का वडाध्यक्ष वीरबहादुर आले मगर र सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भुसालको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो […]
कपीलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन्सार नाकामा अन्य देशबाट ल्याइने सय रुपैया भन्दा माथीको सामानमा अनिवार्य भन्सार गराउनु पर्ने प्रावधान कडाइका साथ लागु गर्न निर्देशन दिएसंगै कडाइ गर्न थालिएको छ । कृष्णानगरको यात्रुगेट,ट्रांसमीटर लगायत स्थानबाट सामान लिएर आउने व्यक्तिलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले मुख्य भन्सार नाका […]
बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतिर जाँदै गरेको लुम्बिनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा पाँच बजेतिर गुलरिया नगरपालिका–७स्थित वन डिभिजन कार्यालय नजिक चार जना पैदलयात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामामृत्यु हुने गुलरिया नगरपालिका–५का ५५ वर्षीय […]
दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत १२औं आज आइतबार दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । त्यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले […]
सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईका अनुसार, पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको मेहलकुनामा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो। यसअघि ५० वर्षीय […]
पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिका–४ मा स्थानीयवासीहरूले सामूहिक लगानीमा जैविक मल उद्योग सञ्चालनमा ल्याएका छन्। खोलाखेतका बासिन्दाले करिब १५ लाख रुपैयाँको लगानीमा उद्योग स्थापना गरेका हुन्। उद्योग सञ्चालनका लागि गाउँ नजिकैको जंगल क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरिएको मल उत्पादन समितिका अध्यक्ष ढकबहादुर जिसीले जानकारी दिए। उनका अनुसार उत्पादन गरिएको जैविक कम्पोष्ट मलमा नाइट्रोजन, फस्फोरस, […]
ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते फरार भएका सिन्धुलीको सुनकोशी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौँको सुकेधारामा बस्दै आएका २५ वर्षीय प्रकाश मगरलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीका अनुसार मगरलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले […]
काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा तीव्र वृद्धि भएको भन्दै सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ। शनिबार जारी विज्ञप्तिमा महासंघले अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालन कठिन बन्दै गएको उल्लेख गर्दै मूल्य वृद्धि अपरिहार्य बनेको जनाएको हो। महासंघका अनुसार बोतल, क्याप, र्यापिङ रोल, जार तथा जारको क्यापजस्ता कच्चा […]