
Mbdvs
Gisld
Gmk
Sds
mbd
Pbu
Ksm
Anm
Rbs

Rgu
Sbs
Bbbpu
Rgu
Vor
Tsm
Hal
Pvg
Bbu
Sls
nsb
Wsp
Ssm
Rsb
Gst
Rgs
Asm
Ggd
Ksm

Rmb
Ptm
sab
Syp
Rpp
Jmb
Abd
Bml
Jmb
Mks
bbt
Gsb
Pls
दाङ । दाङमा कोरोना संक्रमित भएकाहरु मध्य ९७ प्रतिशत विरामी निको भएका छन् । पहिलो र दोस्रो चरणको कोरोना महामारीबाट दाङमा १२ हजार ८ सय २४ जना संक्रमित भएको र ति मध्य ९७ दशमलब ६९ प्रतिशत अर्थात १२ हजार ५ सय २९ जना निको भएका हुन् ।
इन्सेकले कोरोनाका बेला अग्रपंक्तिमा काम गर्ने मानव अधिकार रक्षकहरुको अबस्था, चुुनौती र संरक्षणका बिषयमा आज घोराहीमा गरेको कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले संक्रमणबाट अहिले सम्म २ सय ७१ जनाको मृत्युुभएको जानकारी दिनुुभयो ।
गएको बैशाख महिनामा एकै दिन एक सय ६२ जना सम्म संक्रमित हुने गरेकोमा अहिले छिटफुटरुपमा मात्रै संक्रमित भेटिने गरेको बताउनुुभयो । त्यसैगरी, दाङमा अहिले सम्म एक लाख ३७ हजार ३ सय २० जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाएको समेत उहाँले जानकारी दिनुुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोनाका बेला आफूू बच्ने नाममा एकले अर्कोलाई अमानविय व्यवहारहरु भएको बताएका छन् । स्वास्थ्यकर्मीहरुले आफुु संक्रमित हुुदा स्वास्थ्यकर्मीहरु बाटै विभेद सहनुु परेको गुुनासो गरेका छन् भने अन्य सर्बसाधारणहरुले टोल छिमेक र स्वास्थ्यकर्मीहरुबाट विभेद सहनुु परेको बताएका छन् ।
मानब अधिकार सञ्जालका संयोजक केशबकुुमार शर्माको अध्यक्षतामा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले हिजोको भोगाईलाई अब एकीकृत प्रतिकार्य योजनामा रुपान्तरण गरेर पूूर्व तयारी गर्नुुपर्ने बताउनुुभयो । स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले सम्भावित जोखिमलाई ध्यान दिदै अब अस्पताल, स्वास्थ्यकर्मी, बेड र औषधीको ख्याल गर्नुपर्ने बताउनुुभयो ।
इन्सेक लुुम्बिनी प्रदेशका संयोजक भोला महतको स्वागत र बिषय प्रबेश कार्यक्रमको सहजिकरण जिल्ला प्रतिनिधी जेएन सागरले गर्नुुभएको थियो ।
