
gst
Unsku
Gmssl
Sebsg
Pbu
Gipsg
Gst
Gsg
Gipsg

nsb
Tsm
Ggd
Rgs
Rgu
Bbbpu
Hal
Bbu
Wsp
Asm
Rsb
Ksm
Vor
Pvg
Rgu
Sls
Gst
Sbs
Ssm

Pls
Jmb
sab
Bml
Mks
bbt
Gsb
Jmb
Ptm
Rmb
Abd
Syp
Rpp
दाङ । नेकपा एमालेको प्रथम पालिका अधिवेशन मंगलवार दाङमा सम्पन्न भएको छ । दाङको १० वटै पालिकामा सर्वसम्मतबाट नयाँ नेतृत्व चयन भएको हो ।
जिल्ला अध्यक्ष टिकाराम खड्काका अनुसार एमाले राप्ती गाउँपालिका संगठन कमिटिको प्रथम गाउँ अधिवेशनले मदन अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्बसम्मत चयन गरेको छ । उपाध्यक्षमा कमलापती चौधरीे, सचिवमा भरतमणी न्यौपाने, उपसचिवमा रामबहादुर सुनार र रामबहादुर केसी सर्वसहमतीबाट चयन भएका हुन् ।
त्यस्तै एमाले गढवा गाउँपालिका संगठन कमिटिको प्रथम गाउँ अधिवेशनले बाबुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्बसम्मत चयन गरेको छ । त्यसै गरी उपाध्यक्षमा मधा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली सर्वसहमतीबाट चयन भएका छन् ।
यस्तै गाउँपालिका कमिटी ७५ जनाको हुने प्राबधान बमोजिम ९ महिला सहित २२ जना पछि थप गर्ने गरि पालिका अधिवेशन सम्पन्न भएको मतदान अधिकृत बासुदेव बेल्बासेले जानकारी दिएका छन् । पार्टीको गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य गंगा चौधरी सत्गौंवाले गरेकी थिइन् ।
त्यसै गरी लमही नगरपालिकामा दण्डीराम चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । लमहीमा चौधरीको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा पुनम गिरी, सचिवमा भानु जोशी, उपसचिमा अनिता शर्मा र सुर्दशनराज थापा चयन भएका छन् ।
त्यसै गरी राजपुर गाउँपालिकामा हेमकुमार जिसीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी बनेको छ । उपाध्यक्षमा गोविन्द नेपाली, सचिवमा मन्साराम यादव, उपसचिवमा सिमाली झाँक्री र लोकबहादुुर खड्का चयन भएका छन् ।
यस्तै बंगलाचुली गाउँपालिकामा पुष्पराज भण्डारीको अध्यक्षतामा ४७ सदस्यीय कमिटी बनेको नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा बङ्गलाचुलि गाउँपालिकाका लागि जिल्ला प्रतिनिधीरुपमा खटिएका बलिभद्र रानाले बताए । उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त र उपसचिवमा धनबहादुर खड्का चयन भएका छन् ।
यसैगरी घोराही उपमहानगरपालिकामा भुवन चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । घोराहीमा चौधरीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा तारा पुरी, सचिवमा इन्द्र बुढाथोकी, उपसचिमा काशी खनाल र कुलबहादुर गोतामे चयन भएका छन् ।
यस्तै, नेकपा एमाले शान्तिनगर गाउँपालिकाको अध्यक्षमा धनबहादुर केसी, उपाध्यक्षमा थम्मन कनौ, सचिवमा टीकाराम रिजाल, उपसचिवमा राकेश बुढाथोकी र शान्ति कँडेल चयन भएका छन् ।
शान्तिनगरमा ४३ सदस्यीय कमिटी बनेको छ । त्यस्तै दंगीशरणमा रेशम वली,बबई गाउँपालिकामा जितबहादुर वली, तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटी अध्यक्षमा माधब वली अध्यक्षमा सर्वसम्मत चयन भएको जिल्ला अध्यक्ष खड्काले जानकारी दिनु भएको हो ।
