Sidha Patra बुधबार, कार्तिक १०, २०७८

दाङ । नेकपा एमालेको प्रथम पालिका अधिवेशन मंगलवार दाङमा सम्पन्न भएको छ । दाङको १० वटै पालिकामा सर्वसम्मतबाट नयाँ नेतृत्व चयन भएको हो ।

जिल्ला अध्यक्ष टिकाराम खड्काका अनुसार एमाले राप्ती गाउँपालिका संगठन कमिटिको प्रथम गाउँ अधिवेशनले मदन अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्बसम्मत चयन गरेको छ । उपाध्यक्षमा कमलापती चौधरीे, सचिवमा भरतमणी न्यौपाने, उपसचिवमा रामबहादुर सुनार र रामबहादुर केसी सर्वसहमतीबाट चयन भएका हुन् ।

त्यस्तै एमाले गढवा गाउँपालिका संगठन कमिटिको प्रथम गाउँ अधिवेशनले बाबुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्बसम्मत चयन गरेको छ । त्यसै गरी उपाध्यक्षमा मधा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली सर्वसहमतीबाट चयन भएका छन् ।

यस्तै गाउँपालिका कमिटी ७५ जनाको हुने प्राबधान बमोजिम ९ महिला सहित २२ जना पछि थप गर्ने गरि पालिका अधिवेशन सम्पन्न भएको मतदान अधिकृत बासुदेव बेल्बासेले जानकारी दिएका छन् । पार्टीको गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य गंगा चौधरी सत्गौंवाले गरेकी थिइन् ।

त्यसै गरी लमही नगरपालिकामा दण्डीराम चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । लमहीमा चौधरीको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा पुनम गिरी, सचिवमा भानु जोशी, उपसचिमा अनिता शर्मा र सुर्दशनराज थापा चयन भएका छन् ।

त्यसै गरी राजपुर गाउँपालिकामा हेमकुमार जिसीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी बनेको छ । उपाध्यक्षमा गोविन्द नेपाली, सचिवमा मन्साराम यादव, उपसचिवमा सिमाली झाँक्री र लोकबहादुुर खड्का चयन भएका छन् ।

यस्तै बंगलाचुली गाउँपालिकामा पुष्पराज भण्डारीको अध्यक्षतामा ४७ सदस्यीय कमिटी बनेको नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा बङ्गलाचुलि गाउँपालिकाका लागि जिल्ला प्रतिनिधीरुपमा खटिएका बलिभद्र रानाले बताए । उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त र उपसचिवमा धनबहादुर खड्का चयन भएका छन् ।

यसैगरी घोराही उपमहानगरपालिकामा भुवन चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । घोराहीमा चौधरीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा तारा पुरी, सचिवमा इन्द्र बुढाथोकी, उपसचिमा काशी खनाल र कुलबहादुर गोतामे चयन भएका छन् ।

यस्तै, नेकपा एमाले शान्तिनगर गाउँपालिकाको अध्यक्षमा धनबहादुर केसी, उपाध्यक्षमा थम्मन कनौ, सचिवमा टीकाराम रिजाल, उपसचिवमा राकेश बुढाथोकी र शान्ति कँडेल चयन भएका छन् ।

शान्तिनगरमा ४३ सदस्यीय कमिटी बनेको छ । त्यस्तै दंगीशरणमा रेशम वली,बबई गाउँपालिकामा जितबहादुर वली, तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटी अध्यक्षमा माधब वली अध्यक्षमा सर्वसम्मत चयन भएको जिल्ला अध्यक्ष  खड्काले जानकारी दिनु भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]