दाङ । नेकपा(माओवादी केन्द्र) पार्टिमा आधारभुत सिद्धान्त , व्यवहार र अनुशासन नभएको भन्दै दाङ देउखुरीको राजपुर गापा-२ बेला निवासी कृष्ण बहादुर केसि , हिरादेवी केसि , शंकर केसि र बिष्णु कुमारी केसिले उक्त पार्टी परित्याग गरि राजमोपार्टी ( जनमोर्चा ) पार्टिमा प्रवेश गरेका छन । केसि लामो समयसम्म नेकपा ( माओवादी केन्द्र) पार्टी राजपुर गाउँपालिका समितीको सह-सचिब पदमा रहेका थिए ।
राजमोका नेता महेश रिजाल, भोजराज खनालले नवप्रवेशीहरुलाई पार्टिको सदस्यता हस्तान्तरण गर्दै पार्टीमा स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालक राजमो पार्टी राजपुर १ का अध्यक्ष बेमराज खनालले गर्नुभएको थियो ।