
Gsb
Ksb
Ksb
Ssb
Rsb
Csb
Rks
Ppu
jsb
Nsb
Tgp
Usb
Ksb
Ssb
Bsn

Gsb
Hl1
Usb
Ssb
Tsb

Nps
Rgu
ptl
काठमाडौं । अमेरिकाबाट बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६ सय २० डोज खोप काठमाण्डौ आइपुगेको छ । अघि बिहान कतार एयरलाइन्सको विमानमार्फत कोभ्याक्स सुविधा अन्तर्गत फाइजरको एक लाख ६ सय २० डोज खोप आइपुगेको हो । यो खोप दीर्घरोगीलाई लगाउने तयारी भएको छ ।
फाइजरको खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति भए पनि थोरै मात्रामा आएकाले दीर्घरोगीलाई लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप डोज आएपछि मात्रै बालबालिकालाई लगाइने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताए । यसअघि गएको जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।
