
sbs
Ggp
Lnp
Rgp1
Rgp
Srbpu
Pbu
cjs
Sgr
pku
Pes
Djs
Unsku
Gfs

Bbbpu
Pvg
Asm
Hal
Sbs
Rsb
Wsp
Sls
Rgu
Bbu
Tsm
Ggd
nsb
Rgs
Gst
Ssm
Vor
Ksm
Rgu

Bml
Jmb
Mks
Syp
Gsb
Abd
Rmb
Ptm
sab
Rpp
bbt
Jmb
Pls
काठमाडौं । अमेरिकाबाट बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६ सय २० डोज खोप काठमाण्डौ आइपुगेको छ । अघि बिहान कतार एयरलाइन्सको विमानमार्फत कोभ्याक्स सुविधा अन्तर्गत फाइजरको एक लाख ६ सय २० डोज खोप आइपुगेको हो । यो खोप दीर्घरोगीलाई लगाउने तयारी भएको छ ।
फाइजरको खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति भए पनि थोरै मात्रामा आएकाले दीर्घरोगीलाई लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप डोज आएपछि मात्रै बालबालिकालाई लगाइने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताए । यसअघि गएको जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।
