
Gfs
Djs
pku
Pes
cjs
Pbu
Unsku
Ggp
Srbpu
sbs
Rgp1
Lnp
Sgr
Rgp

Vor
Rgs
Bbu
Wsp
Rgu
Sls
Asm
Ggd
Sbs
nsb
Rsb
Bbbpu
Pvg
Rgu
Hal
Ksm
Tsm
Gst
Ssm

sab
Rmb
Jmb
Ptm
Gsb
Pls
Rpp
Jmb
Syp
Mks
Abd
bbt
Bml
दाङ । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ’ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
भिटामिन ’ए’ र जुकाको औषधि खान आज छुटेका बालबालिकालाई भोलि पनि खुवाउन सकिने छ । यता दाङमा ५८ हजार ३८ जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने लक्ष्य लिईएको छ ।
स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य नर्स सीता कुँवरका अनुसार ६ महिना देखी ५ बर्ष सम्मका ५८ हजार ३८ जना बालबालिकालाई भिटामिन ए र ५१ हजार ७१ जना १ बर्ष देखी ५ बर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको छ ।
जिल्लाभर ९ सय ३१ जना महिला स्वास्थ्य स्वयसेविकाहरुले भिटामिन ए र जुकाको औषधी खुवाउने छन् । महिला स्वास्थ्य स्वंयसेविकाहरुले टोल टोलमा केन्द्र बनाएर औषधी खुवाउने कार्यक्रम रहेको छ ।
