Sidha Patra बिहिबार, कार्तिक ०४, २०७८

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दुर्व्‍यवहार गरेका छन् ।

बिहीबार लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका हुन् ।

उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् । कार्यालय प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमत पार्टीका १० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पटक–पटक प्रदर्शन गर्दै आएका छन् । खनिएको खाल्डो त्यसै छाडिएको छ भने निर्माण अघि नबढाएको विषयमा उपमहानगरपालिका र खानेपानी तथा ढल निकास कार्यालयले एक अर्कालाई दोष दिने गरेका छन् ।साभार अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]