Sidha Patra सोमबार, कार्तिक ०१, २०७८

दाङ । लगातार दाङमा परेको पानीले पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। सोमबार बिहानदेखि देशैभर परेको लगातार पानीले पाकेको धान सखाप पारेपछि किसानहरु चिन्तित भएका हुन् । त्यस्तै पानीको झरीले खेतबारीका धानसँगै अन्य बाली साथै तरकारीमा समेत क्षति पुर्‍याएको किसानको भनाई छ । यस्तै दाङको दशवटै स्थानीय पालिका भित्र खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको किसानहरुले जानकारी दिएका छन् । बर्ष भरी खाने धान काटेको दुई दिनमै खेतमा पानी भरिएकोले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेको किसानहरुको भनाई रहेको छ ।

लगातारको कात्तिके झरीले किसानहरुलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ भने कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ । यस्तै कतै पाकेको धान काटन नपाएर खेतमै झर्ने अवस्था पुगेको बुझिएको छ । त्यस्तै यो समस्या देशैभरका किसानले खेप्नु परेको अनुमान गरिएको छ

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]