Sidha Patra शनिबार, आश्विन ३०, २०७८

रुकुम । जिल्ला सदरमुकाम मुसिकोटमा प्रहरी र स्थानीय युवा बिच झडप हुँदा ७ जना प्रहरी घाईते भएका छन् । शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा सहित ७ जना प्रहरी घाईते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाईते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँपनि उपचार सम्भव नभएपछि काठमाडौ लिईएको बताईएको छ । निजको तल्लो भागको तीन ओटा वटा दाँत झरेको, माथिल्लो पट्टी एउटा दात हल्लिएको र टाउकोमा गम्भिर चोट रहेको बताईएको छ ।

त्यसैगरी प्रहरी हवल्दार कालि बहादुर बोहराको दाहिने हातको बुढी औलामा र ढाँडमा चोट लागेको छ भने प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट रहेको छ । अन्य चार जना प्रहरी कर्मचारीहरु पनि सामान्य घाईते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार शुक्रबार राती पौने नौ बजे मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित बागबजार नजिकै छेउमा पार्किङ्ग गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र समातेको बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको सयूँक्त टोली परिचालन गरिएको थियो । उक्त टोलीले निजहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथी नै ढुंगामुढा र बोतल समेत प्रहार गरेपछी मुठभेडको अबस्था बनेको हो । घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ भने केहि फरार रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]