
Sgr
Ggp
Rgp
Unsku
Pbu
Gfs
cjs
Srbpu
Lnp
pku
Rgp1
sbs
Djs
Pes

Ksm
nsb
Rgu
Hal
Wsp
Ggd
Rsb
Ssm
Sls
Rgu
Asm
Pvg
Bbbpu
Gst
Bbu
Vor
Sbs
Rgs
Tsm

bbt
Jmb
sab
Mks
Gsb
Pls
Syp
Bml
Ptm
Jmb
Rpp
Abd
Rmb
काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका ८ मा माइक्रो बस दुर्घटना हुँंदा अठार यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको कातिकेदेउरालिबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ ज ८९७६ नम्बरको माइक्रो बस शनिबार बिहान साढे ११ भुम्लु गाउँपालिका ८ बरबोटमा दुर्घटना भएको हो।
प्रहरीले उक्त माइक्रो बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ। माइक्रो बस सडकबाट करिब एक सय पचास मिटर तल पुगेको छ। दुर्घटनाका घाइतेको उद्दार गरि उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार घाइते मध्ये एक पुरुष, एक महिला र दुई बालबालिकाको अवस्था गम्भीर रहेको बताए।
