
Ssbus
Ppu
jms
Asm
Bpb
Sys
gms
Gsbus
jmb
smb
Rg-9

bmj
cks
Ln8
Gg1
Ln3
Ln7
Usb
Ln1
Asm
bml
Gsb
Ln9
Rys
Tsb
Gg5
Ssb
Sbs
kbs
Dps
Ln2

Bpb
ptl
Rss
Gg4
Gg2
Sab
Snk
Jpb
Gg6
Nps
Sml
Rgu
Ksb
Gjl
Jab
Gg3
Sbs
काठमाडौं । बर्दियाको राजापुरबाट फर्किएका दुई भारतीयमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
ती दुवै भारतीय नागरिक हुन् । उनीहरु राजापुर कोठियाघाटस्थित क्रसर उद्योगका मजदुर रहेको बताइएको छ । उनीहरु लकडाउनका बीच गत ५ वैशाखमा दुवैतर्फका प्रहरीको आँखा छलेर भारत उत्तरप्रदेशको बहराइच जिल्लास्थित घर गएका थिए ।
नेपालबाटै संक्रमित भएर गएको पाइएपछि उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । क्रसर उद्योग आसपास क्षेत्रमा विशेष सतर्कता अपनाइएको उनले जनाए ।
प्रमुख जिल्ला अधिकारी लामिछानेले भारतको बहराइच प्रशासनले इलाका प्रहरी कार्यालय जमुनाहालाई पत्र लेखेर नेपालबाट गएका दुई भारतीयमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको उल्लेख गरे ।
लामिछानेले क्रसर उद्योगमा कार्यरत अरु मजदुर र उनीहरुको सम्पर्कमा आएका मानिसहरुको नमुना संकलन गरी परीक्षण गरिएको छ ।
तर, पीसीआर परीक्षणमा उद्योगमा कार्यरत पाँच भारतीय र ११ नेपाली कसैमा पनि कोभिड–१९ पुष्टि भएन ।
