
Pbu
Sebsg
gst
Unsku
Gst
Gipsg
Gmssl
Gipsg
Gsg

nsb
Sls
Rgs
Wsp
Bbu
Rgu
Hal
Bbbpu
Pvg
Gst
Sbs
Rgu
Tsm
Ssm
Asm
Vor
Rsb
Ksm
Ggd

Syp
bbt
Pls
Ptm
Jmb
Gsb
sab
Bml
Jmb
Mks
Abd
Rpp
Rmb
दाङ । राजपुरमा विभिन्न पार्टी परित्याग गरी डेढ दर्जन बढि नेपाली काँग्रेसमा प्रबेश गरेका छन ।
नेपाली काँग्रेस राजपुर गाउँपालिका कार्यसमितिले बिजया दशमी, दिपावली तथा छठपर्बको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको अबसरमा एमाले र जनमोर्चामा सक्रिय रुपमा रहेका १८ जना काँग्रेसमा प्रबेश गरेका हुन ।
भुपाल वली र ईन्द्रलाल भारतीको नेतृत्वमा नब प्रबेशी हरुलाई फुल माला र अबिरले स्वागत गर्दै काँग्रेस नेता भेषराज पाण्डेयले शुभकामना दिँदै सँगठनलाई बलियो बनाउन जिम्बेवार रहेर महत्वपुर्ण भुमिका निर्बाह गर्न हौसाय । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता पाण्डेयले काँग्रेसको वडा र नगर अधिबेशनमा असफल हुने सम्पुर्ण नेता तथा कार्यकर्तालाई बिचल्लित नहुन समेत आग्रह गरे ।
“चुनाबमा हार र जित स्वभाबिक हो, त्यसलाई ठूलो रुपमा नलिउ पाण्डेयले भने-घर मजबुत बनाउन सबै सदस्य हरुको आबस्यक हुन्छ ।” उनले नेपाल र नेपालीको हकहितका निम्ति काँग्रेस नै अपरिहार्य रहेको बताए ।
नेपाली काँग्रेस राजपुर गाउँ पालिकाका पार्टी सभापति नरेन्द्र सिँह भण्डारीको सभापतित्व तथा क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्य एबम महासमिति सदस्यहरु जानकिलाल बस्नेत, कर्ण बहादुर बुढाथोकि र प्रदिपराज शर्माको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा महासमिति सदस्य हरु जानकी लाल बस्नेत, कर्ण बहादुर बुढाथोकि, प्रदिपराज शर्मा,पुर्ब महासमिति सदस्य हरु मधु न्यौपाने, मोहन गिरि, जिल्ला सदस्य राम प्रताप यादब, दलित संघ जिल्ला उपाध्यक्ष रिता बि क, राजपुर गा पा अध्यक्ष लोक राज के सी, उपाध्यक्ष धनपती देबि यादव लगायतले बोलेका थिए ।
नेपाली काङ्ग्रेस राजपुर गाउपालिकाका सचिव सालिक राम यादवको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपालि काङ्ग्रेस राजपुर गाउपालिका पार्टी सचिव इन्द्रबहादुर भन्डारिले गरेका थिए ।
