
Sds
Pbu
Mbdvs
mbd
Rbs
Gisld

Pvg
Bbbpu
Sls
Ggd
Rgu
Tsm
Rsb
Gst
Vor
Asm
Ssm
Rgs
Bbu
Wsp
Hal
Ksm
nsb
Rgu
Sbs

bbt
Abd
Jmb
Bml
Rpp
Syp
Pls
Gsb
Jmb
sab
Ptm
Rmb
Mks
दाङ । देउखुरीको लमही नगरपालिका पशुसेवा उपशाखा कार्यालय लमहीले रेबिज रोग लाग्नबाट बच्न नगर क्षेत्रका कुकुरलाई एन्टिरेबिज भ्याक्सिन लगाउने कार्य मंगलबारदेखि शुरु गरेको छ ।
पछिल्लो समय कुकुरको टोकाइबाट पशु चौपाया मर्न थालेपछि कुकुरलाई खोप लगाउन अभियान थालिएको हो । मान्छेमा संक्रमण फैलिन नदिन, रोग रोकथाम एवम् रोग नियन्त्रण गर्नका लागि रेबिज विरुद्धको खोप लगाउन थालिएको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताउनु भयो । त्यस्तै रेबिज रोगकै कारण विगतमा केही मानिसहरुले ज्यान गुमाएका पनि छन् । सोही अनुरुप पशु कार्यालयले नगरभरीका सबै घरपाला कुकुरलाई जम्मा गरेर १५ औँ विश्व रेबिज दिवसको अवसरमा तीन दिने सम्म निशुल्क रेबिज विरूद्वको खोप कार्यक्रम अगाडि बढाइएको प्रमुख केसीले जानकारी दिनु भयो ।
यस्तै पशुसेवा उपशाखा कार्यालयले आयोजना गरेको उक्त कार्यक्रम बिहीबारसम्म चल्ने र निशुल्क रेबिज विरूद्वको खोप कार्यक्रम नगरभरीका दुइसय भन्दा बढि घरपाला कुकुरलाई रेबिज विरुद्धको खोप लगाइने लमही नगरपालिका पशुसेवा उपशाखा कार्यालयका प्रमुख शिबराज न्यौपानेले जानकारी दिनु भएको छ । त्यस्तै रेबिज रोगको नियन्त्रण एवम् महामारी फैलिन नदीन प्रयासका लागि पालिका भित्रका सबै कुकुरलाई ऐन्टीरेबिज भ्याक्सीन लगाउन थालेको लमही नगरपालिका नगर उपप्रमुख देबका बेल्वासेले बताउनु भयो । लमही नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा सामुदायिक र घरपाला कुकुरहरुको पछिल्लो समय बिगबिगी बढिरहेको छ ।
यसैगरी घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन पशु कार्यालय लमहीले आग्रह गरेको छ । त्यस्तै सो अवसरमा कृषकलाई विभिन्न प्रजातिका घासको बिउँ वितरण गरिएको थियो ।
