
Tgp
Rks
Fmb
Bsn
Ksb
Ssb
Nsb
Ppu
Ksb
Ksb
jsb
Usb
Rsb
Csb
Gsb
Ssb

Ssb
Usb
Gsb
Tsb
Hl1

ptl
Nps
Rgu
रौतहट। प्रहरीले श्रोत नखुलेको नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ परेको छ ।
पक्राउ पर्नेहरुमा ईशनाथ नगरपालिका-३ औरैया बस्ने २९ वर्षीय निरज कुमार साह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत रहेका छन् ।
ईशनाथ नगरपालिका-२ औरैया स्थित मिठुअवा टोलबाट भारततर्फ जाँदै गरेको बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबर
