
Rgp
Dus
Lnp
Lks
Usb
Jns
Sgp
lnp
ksb
Rgp
Asb
Ggp
Dbs
Rgp
Ggp
Rgp


रौतहट। प्रहरीले श्रोत नखुलेको नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ परेको छ ।
पक्राउ पर्नेहरुमा ईशनाथ नगरपालिका-३ औरैया बस्ने २९ वर्षीय निरज कुमार साह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत रहेका छन् ।
ईशनाथ नगरपालिका-२ औरैया स्थित मिठुअवा टोलबाट भारततर्फ जाँदै गरेको बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबर
