
Ses
cjs
Sgr
Srbpu
Rgp1
Pbu
Gfs
Lnp
Pes
Unsku
pku
Rgp
Djs
Ggp

Rgu
Hal
Ssm
Pvg
Wsp
Bbbpu
Vor
Rsb
Asm
Gst
Sls
nsb
Tsm
Sbs
Bbu
Rgu
Ggd
Ksm
Rgs

Bml
Jmb
Syp
Ptm
Mks
Gsb
Abd
Pls
Rmb
Jmb
Rpp
sab
bbt
दाङ । ‘सुरक्षित छोरी समाजको जिम्मेवारी’ भन्ने मूल नारासहित सुर्खेतकी १६ वर्षीया छात्रा इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा देउखुरीमा विरोध प्रदर्शन गरिएको छ ।
फाल्गुन २३ गते सुर्खेतमा भएको उक्त घटनाप्रति आक्रोश व्यक्त गर्दै लुम्बिनी प्रदेश राजधानी राप्ती गाउँपालिका–३ देउखुरीस्थित प्रदेश प्रशासनिक गेट अगाडि देशभक्त युवा अभियानको आयोजनामा प्रदर्शन गरिएको हो ।
देशभक्त युवा अभियानका केन्द्रीय संयोजक प्रकाश शाहीको नेतृत्वमा युवाहरुले पीडितको न्यायका लागि प्रदर्शन गरेका छन् । देशभर महिलामाथि बढ्दो हिंसा,बलात्कार र हत्या घटनाको विरोध गर्दै युवाहरूले भेला भएर विरोध गरेका हुन् ।
सहभागीहरुले भर्खरै निर्वाचित जनप्रतिनिधिबाट बन्ने सरकारले बलात्कारीलाई मृत्यु दण्डको सजाय दिने कानुन बनाउन माग गरेका छन् । साथै उनीहरुले दोषीलाई कडा कारबाही गर्न,पीडितलाई न्याय र हिंसात्मक घटनालाई अन्त्य गर्न माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले ‘सरकार बदलियो समाज बदलिएन,महिला हिंसा अन्त्य गर,इनिशा विकलाई न्याय दे’,बलात्कारीलाई फाँसी दे, घटनाको निश्पक्ष छानबिन गर,मानवअधिकार सुनिश्चित गर जस्ता नारा सहित न्यायको माग राखेका थिए। सो अवसरमा देशभक्त युवा अभियानका संयोजक प्रकाश शाही,विष्पुरा घर्ती, हितपुरा पुन,विनोद शोनी,सञ्जु विश्वकर्मा,प्रकृया भण्डारी लगायतले सम्बोधन गरेका थिए ।
वीरेन्द्रनगर–१ मा बस्दै आएकी सुर्खेतकी १६ वर्षीय बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि गरेको छ । पोस्टमार्टम रिर्पोट र पीडकको बयानपछि प्रहरी उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको हो । उषा बालवाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।
त्यस्तै मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । थापाका अनुसार, सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यस्तै फागुन २३ गते पक्राउ परेका १६ वर्षीय युवक र इनिशा विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको दाबी छ । २३ गते विहान शहीद पार्क घुम्न जाने पूर्व सल्लाह अनुसार उनीहरू पार्क नजिकैको जङ्गलमा गएको देखिएको प्रहरीको भनाइ छ । त्यहाँ जबरजस्ती करणीपछि मृतकको पाठेघर च्यातिएको र अत्यधिक रक्तस्रावपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कर्णाली प्रदेश अस्पताल,कालागाउँका तीन जना चिकित्सक सहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा.अर्विन शाक्यले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार आएको छ ।
जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको डा.शाक्यले जानकारी दिए । ‘पोस्टमार्टम रिर्पोटमा संवेदनशील अंग च्यातिएपछि अत्याधिक रक्तस्राव भएपछि मृत्यु भएको देखिन्छ,’ उनले भने । पाठेघरसम्म घाउको धब्बा देखिएको डा. शाक्यले बताएका छन् । घटनापछि पीडितलाई न्याय र दोषीलाई कडा कारबाहीको माग गर्दै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन जारी रहेको छ ।
