पर्सा । बिरगंजमा रहको निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिको लुट धन्दा भएको छ ।
जम्मा ५ रुपैयाँमा पाउने सुइ १० रुपैयाँँमा बिक्री गरेको भिटिएको छ । यस विषयमा निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रबन्धक निर्देशक डाक्टर अभिनाश गिरीसंग कुरा राख्दा गल्ती महसुस गर्दै भने यो मेरो मेडिसिन स्टाफले गरेको काम सारै अति निन्दनीय छ । तर सेवाग्राहीलाई मेरो स्टाफले बोलाउन खोज्न जाँदा नदेखिएको र मेरो हस्पिटललाई बदनाम गर्न उनले खोजेका छन् गिरीले भने,यदि हो मैले वा मेरा हस्पिटलका स्टाफले गल्ती गरेका छन् र अरू कुनै गल्तीको प्रुफ छ भने कानुन अनुसार मलाई कार्वाही हो म भुक्तान गर्न तयार छु । र यो एउटा सानो गल्तीलाई इस्यु नबनाइदिनुस भन्दै। मेरो स्टाफले गल्ती गरेको हो ।
त्यस्तै सेवाग्राहीको ५ रुपैया बढि लिएर कुनै ठुलो मान्छे वा धनी हुँदैन तर मेरो स्टाफलाई कार्वाही समेत गर्छु । र यस्मा मेरो कुनै संलग्न पनी छैन । मैले आफ्नो ओ.पी.डि फ्री समेत गरेको छु । नि:शुल्क ओ.पि.डि उपचार समेत भैरहेको निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रबन्धक निर्देशक डाक्टर अभिनाश गिरीले जानकारी गराएका हुन् ।