Sidha Patra शुक्रबार, आश्विन ०८, २०७८

दाङ । दाङदेखी छिमेकी पहाडी जिल्ला जोड्ने मुख्य सडक जिर्ण बन्दै गएका छन् । घोराही देखी रोल्पाको होलेरी, घोराही देखी मुर्कुटी हुदै प्युठान र तुलसीपुर हुदै सल्यान जोड्ने मुख्य सडक जिर्ण बन्दै गएका हुन् । नियमित मर्मत सम्भार र गुणस्तरीय कालोपत्रे नहुदा सडक जिर्ण बन्दै जाँदा दुर्घटनाको जोखिम समेत बढ्को छ ।

घोराही देखी होलेरी जोड्ने शहिद मार्गमा कालोपत्रे गरेको एक बर्षमै उप्कीएर सडक निकै जिर्ण बनेको छ । त्यसैगरी, घोराही देखी प्युठान देविस्थान जोड्ने मदनभण्डारी लोकमार्गको कालोपत्रे पनि उप्कीदै जाँदा सडक विग्रीएको हो ।

घोराही होलेरी र घोराही मुर्कुटी सडक खण्डमा भारवहन क्षमता भन्दा धेरै चुनढुंगा बोक्ने टिप्परका कारण जिर्ण बनेको हो । उक्त सडकमा करोडौ रुपैयाँ लगानी गरेर कालोपत्रे गरे पनि महिना दिन मै कालो पत्रे उप्कीए पछि अहिले सडक जोखिम युक्त बनेको छ ।

उता तुलसीपुर देखी सल्यान जोड्ने राप्ती लोक मार्ग पनि निकै जिर्ण बनेको छ । पटक पटक खस्ने पहिरो र गुणस्तरीय मर्मत सम्भार नहुदा राप्ती लोकमार्गको यात्रा पनि निकै जोखिम पूर्ण बनेको छ । यी मुुख्य सडक सुधारका लागि सडक डिभिजन कार्यालयले चासो नदिदा यात्रा जोखिम र यात्रुले सास्ती भोग्नु परेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]