सागर थापा शुक्रबार, आश्विन ०८, २०७८

बाँके । नेपालगन्जको पुष्पलाल चोकस्थित सिम्ताली दुल्लु भिजन होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी युवतीको घटनाको बारेमा गहन अनुसन्धान सुरु गरिसकेको र मृत फेला परेकी युवतीको हत्या वा आत्महत्या छिट्टै बाहिर आउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले बताउनुभएको छ ।

उहाँका अनुसार पस्टमार्टमको रिपोर्ट आएपछि हत्या वा आत्महत्या हो भन्ने कुरा खुल्ने छ । बर्दिया जिल्ला बारबर्दिया नगरपालिकाकी १७ वर्षिया सोनी परियार सिम्ताली दुल्लु भिजन होटलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन । असोज ४ गते सोमबार साँझ युवतीको शव फेला परेको थियो भने सोही दिन बिहान दाइ-भाउजु भनेर होटलको ईन्ट्री बुकमा नाम रहेका २ जनाले होटल छोडेका थिए ।

त्यस्तै ति दुबैसंग प्रहरीले अनुसन्धानको क्रममा सोधपुछ गरिरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले एबिसी संचारसंग कुरा गर्दै भन्नुभयो “घटनाको गम्भिर ढंगबाट अनुसन्धान भईरहेको छ,। होटलमा संगै बसेका र होटलको ईन्ट्रिमा नातामा दाइ-भाउजु लेखिएका दुई जनासंग सोधपुछ भइरहेको छ । ति युवतीको आत्महत्या वा हत्या भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ तर हामीले एउटा बिशेष टोली खटाएका छौँ । घटनाको बिभिन्न कोणबाट गहन अनुसन्धान भइरहेको छ । छिट्टै वास्तविकता बाहिर ल्याउन हामी प्रतिवद्द छौँ । सबै कुरा अनुसन्धान पछि थाहा हुन्छ । डिएसपी न्यौपानेले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]