
gms
Bksbus5
Ssbus
Gsbus
Ddhbs
Csbus
Amb
dsbus
Jsbus
Pbu
Syees
Rbs
Ratbs
syysr
Gsl
Nssbus7

Sbs
Vor
Asm
Bbbpu
Rgu
Ggd
Pvg
Rsb
Gst
Rgu
Sls
Hal
Rgs
Ssm
Tsm
Wsp
nsb
Ksm
Bbu

bbt
Abd
Rpp
Pls
Jmb
Rmb
Syp
Jmb
Bml
sab
Ptm
Gsb
Mks
दाङ । देउखुरीको गढवा गाउँपालिकामा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि गाउँपालिका सभापतिमा कृष्णराज पाण्डेले उम्मेदवारी दिने बताउनु भएको छ । त्यस्तै पाण्डेले प्रचारप्रसार पनि शुरु गरि सक्नु भएको छ ।
वि.स २०५३ सालमा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनद्वारा महेन्द्र बहुमुखी क्याम्पसको सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यतिबेला पाण्डेले कार्य बाहक सभापतिको जिम्मेवारी निर्बाह समेत गर्नु थियो ।
त्यसैगरी १३ औं महाधिवेशनमा तत्कालिन गढवा गाउँ विकास समितिको इकाई उपसभापति समेत हुनुभएको थियो । त्यस्तै पाण्डेले पार्टी संकटमा परेका बेला अहोरात्र खट्ने एक सच्चा सिपाही पनि हुनुहुन्छ ।
यस्तै २०७४ मा सम्पन्न स्थानीय निर्वाचनमा एमालेको तर्फबाट वडा अध्यक्षका लागि उम्मेदवार बन्नु भएका आफ्नै सहोदर दाईलाई सहयोग नगरी काङ्ग्रेसका उम्मेदवार जिताउने मुख्य भुमिका पाण्डेले खेल्नु भएको थियो ।
त्यस्तै पाण्डे यतिबेला गरम कि मरम भन्ने अवस्थामा पुग्नु भएको छ । यतातिर नेपाली काङ्ग्रेसको महाधिवेशन नजिकै छ भने उता जीवन संगिनी निर्मला रेग्मी क्यान्सर भएर काठमाण्डौ मेडिसिटी अस्पतालमा उपचारार्थ रहनु भएको छ । श्रीमतीलाई आफ्नो छोरा निकेस पाण्डेको जिम्मा लगाएर उहाँ यतिबेला दाङ फर्किएर आफ्नो प्रचारप्रसारको अभियानमा होम्मिनु भएको छ ।
यस्तै पार्टीको हरेक गतिविधिमा निकै सक्रियताका साथ लागेका कारण पार्टीले मुल्यांकन गरेको पाण्डेको बुझाई रहेको छ । त्यस्तै आगामी असोज ९ गते हुने १४ औं महाधिवेशनमा गढवा गाउँपालिकाको सभापतिमा आफुलाई बिजयी गराउन सम्पुर्ण वडा सभापति र क्षेत्रीय प्रतिनिधि र पार्टीका अग्रज नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नु भएको छ ।
पाण्डे जि अहिलेको अबस्थामा गाउँ इकाई सभापतिको उम्मेदवार के का लागि हो ?
भन्ने प्रश्नमा पाण्डेले आफू सभापतिमा निर्वाचित भैसकेपछि पहिले त स्थानीय स्तरदेखि पार्टी भित्रमा तेरो र मेरो भन्ने प्रविधिलाई अन्त्य गरेर युवाहरुलाई उर्जाका साथ एक ढिक्का बनाउदै पार्टीलाई मजबुत बनाउने प्रमुख आफ्नो योजना रहेको जानकारी दिनु भयो ।
त्यस्तै उहाँले स्थानीय सरकारको मातहतबाट चल्ने प्रधानमन्त्री सरोजगार कार्यक्रम र स्थानीय तहको सरकार आजको युगमा जुन हिसाब चल्नु पर्ने हो सोही हिसाबले नचलेर अपारदर्शी हिसाबले चलिरहेको हुँदा स्थानीय सरकारलाई खबरदारी गर्दै हरेक कार्यको चिरफार गरेर अघि बढ्ने आफ्नो विशेष एजेन्डा रहेको पाण्डेले सिधापत्रसंग बताउनु भयो ।
