दिप्तीशिखा चौधरी,दंगीशरण आइतबार, आश्विन ०३, २०७८

दाङ । दंगीशरण गाउँपालिका युवा संजालले आज आईतवार संविधान दिवस मनाएको छ । संजाले आज दंगीशरण ३ हेकुली चौकमा दिप प्रज्वलन गरी संविधान दिवस २०७८ मनाएको हो । कार्यक्रमका प्रमुख अतीथि एंव दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दिप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरेका थिए ।

कार्यक्रममा प्रमुख अतीथी चौधरीले नेपाली जनताको रक्षाका लागी बनाईएको संविधान गणतन्त्रात्मक संविधान बचाई राख्न हरेक बर्ष संविधान दिवस मनाएपनि हरेक जनताले यस संविधानको अनुभुती गर्न पाउँनुपर्ने बताएका छन। कार्यक्रममा ग्रीन फाउण्डेसन अफ नेपाल दंगीशरण गाउँपालिकाका अध्यक्ष तथा समाजसेवी नेता एमंएन शाह, युवा तथा खेलकुद शाखा प्रमुख विनोद अधिकारी, ३ न। प्रदेश युवा संजालका सदस्य पारस खड्का, युवा संघ दंगीशरणका सचिव जेनीश कवँर लगाएतले आ आफनो भनाई राखेका थिए ।

संजालका अध्यक्ष चक्रमिलन विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण संजालका सचिव अंकित आचार्यले गरेका थिए । दिप प्रज्वल कार्यक्रममा स्थानीय नेता, विभिन्न संघसंस्थाका प्रतीनिधि,स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।

यसैविच दंगीशरण गाउँपालिका वडा न। ५ ले फनि संविधान दिवस मनाएको छ । वडाले एक अर्न्तक्रिया कार्यत्रमका बिच दिप प्रज्वलन गरी दिवस मनाएको हो । वडा न। ५ बालापुरमा दिप प्रज्वलन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतीथी प्रदेश सभा सदस्य सांसद दामा शर्माले नेपाली जनताको वलीदान बाट प्राप्त भएको संविधान गणतन्त्र प्रतीको सम्मानलाई बचाई राख्न जरुरी रहेको बताउँनु भएको छ । दश बर्षको जनयुद्ध बाट पाएको संविधान जनअपेक्षामूखी हुनुपर्ने उनले ठोकुवा गरेका छन ।

वडा अध्यक्ष दिपक गौतमको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका महाधिवेशन प्रतिनिधि केशवराज आचार्यको विशिष्ट आतीथ्यतामा भएको कार्यक्रमको शहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका थिए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]