Sidha Patra आइतबार, आश्विन ०३, २०७८

दाङ । संविधान दिवसको अवसरमा दाङबाट १२ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ । घोराही कारागारबाट ५ जना र तुलसीपुर कारागारबाट ७ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको हो ।

घोराहीमा तीन जना कर्तव्य ज्यान, एक जना सवारी ज्यान र एक जना हातहतियार तथा खरखजनाका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको जेलर युवराज परियारले जानकारी दिनुभयो ।

घोराही कारागारमा अहिले ३ सय २५ जना कैदीबन्दी रहेका छन् । यस्तै तुलसीपुर कारागारबाट ६ जना कर्तव्य ज्यान मुद्धा र एक जना चोरी मुद्धाका कैदी बन्दी रिहा भएका छन् । कारागारमा अहिले एक जना महिला र तीन जना बालबालिकासहित ४९० जना कैदीबन्दी रहेको जेलर बिष्णप्रसाद पाण्डेले जानकारी दिनुभयो । सरकारले हरेक विभिन्न दिवसको अवसरमा असल आचरण, ५० प्रतिशत कैद भुक्तान गरिसकेका केदीबन्दीलाई रिहा गर्ने गरेको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी र ५ सय २३ जनाको कैद कट्टा गर्नुभएको छ । कैद माफी र कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष गएको भदौ २९ गते सिफारिस गरेको थियो । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]