
Ssb
Rks
Nsb
Gsb
Tgp
Ksb
Ksb
Ksb
Ppu
Rsb
Bsn
Csb
Ssb
Usb

Usb
Ssb
Hl1
Tsb
Gsb

ptl
Nps
Rgu
काठमाडौ । नेपाल पत्रकार महासंघ प्युठानकी उपाध्यक्ष बसन्ता भट्टको निधन भएको छ । लामो समयदेखि उपचाररत ४४ वर्षीया भट्टको बिहीबार बिहान पौने १० बजे खलंगास्थित निवासमै निधन भएको हो ।
उनी महासंघको कोषध्यक्ष हुँदै उपाध्यक्ष पदमा रहेर क्रियाशील थिइन् । उनी सामुदायिक रेडियो महिला आवाज प्यूठानकी अध्यक्षसमेत थिइन् ।उनको आजै अन्त्यष्ट्री समेत गरिएको छ।
महासंघले शोक विज्ञप्ति जारी गर्दै नेपाली पत्रकारिताले एक जुझारु र अनुभवी महिला पत्रकार गुमाएको जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले शोक विज्ञप्तिमार्फत स्वर्गीय भट्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।
