सपना देवकोटा/गढवा शुक्रबार, आश्विन ०१, २०७८

दाङ । देउखुरीको गढवा गाउँपालिका वडानं.२ महदेवा निवासी लक्ष्मी चौधरी केही बर्ष पहिले मजदुरी गरेर जिविका चलाउनु हुन्थ्यो ।

एक छोरी र २ छोरा जन्मिएपछि लक्ष्मीका श्रीमानले उहाँलाई छोडेर अर्कि श्रीमति बिहेगरी अन्यत्रै जानुभयो । छोराछोरीहरुलाई पढाउने र घरखर्च तथा नाना–चाचा को जोहो गर्न दिनभर अर्काको मजदुरी गरेर लक्ष्मीले दिनचर्या गुजार्न बाध्य हुनुभयो ।श्रीमानले अर्कि लगेर गएपछि सन्तानको रेखदेख, पढाई लेखाई र लालन पालन मेरो काँधमा थुपरियो । मैले दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउदै बर्षौ बिताएँ–लक्ष्मीले गहभरी आँशु झार्दै दुखेसो पोख्नुभयो । श्रीमानले नै अर्कि लगेर आफूलाई छोडेर गएपछि लक्ष्मिलाई चिन्ता माथी चिन्ता थपिएको बताउनुभयो । दैनिक ज्यालादारीमा काम गरेर आफू र परिवारको खर्च टार्दै मुस्कील संग दिनचर्या बिताएको लक्ष्मीले बताउनुभयो ।

यसै क्रममा लक्ष्मी चौधरी गाउँका महिलाहरु आवद्ध रहेको जनप्रयास समूहको सदस्य बन्नुभयो । समूहमा आवद्ध बिपन्न सिमान्तकृत र बेसाहारा महिलाहरुका लागि गढवा र राजपुर कार्यक्षेत्र रहेको दक्षिण देउखुरी अधिकार मञ्चले ब्यवसायका लागि सपोर्ट गर्दो रहेछ भन्ने कुरा लक्ष्मीले पत्ता लगाउनुभयो । अधिकार मंचले पनि निजको स्थिति बुझ्यो । लक्ष्मीलाई अर्काको मजुरी गर्न भन्दा सानो भएपनि आफ्नै ब्यवसाय गर्ने आँट र पे्ररणा जाग्यो ।

बिगत एकबर्ष अघि दक्षिण देउखुरी अधिकार मंचले लक्ष्मीलाई खुद्रापसल गर्न भनि २० हजार अनुदान दियो । त्यसमा ऋण धन र सहि सापट गरेर ४७ हजारको लागतमा लक्ष्मीले गाउँमा एउटा किराना पसल खोल्नुभयो । ब्यवसायलाई बिस्तार गर्दै उहाँले सजिलै गर्ज टार्न सक्ने हुनुभयो । पछी आफ्नो छोरालाई पनि लक्ष्मीले त्यही ब्यवसाय तर्फ लगाउनुभयो ।

लक्ष्मीले खुद्रा पसलबाट कमाउदै आएको रुपियाँले ब्यवसाय विस्तार गर्दै ब्रोइलर कुखुरा फर्म र फ्रेस हाउस समेत संचालन गर्न थाल्नुभयो । अहिले राम्रो कमाई गर्दै आएको उनले बताउनुहुन्छ । छोराछोरी पढाउने देखि घरखर्चको सबै काम ब्यवसायले सजिलै धानेको छ । यत्तिमात्र हैन मैले एक बर्षमा ब्यवसाय विस्तार गरेर पनि १ लाख ८० हजार कमाउन सफल भएँ–चौधरीले बताउनुभयो । छोराले पनि ज्याला मजदुरी गर्न छोडेर मलाई सघाएको छ ।

त्यस्तै कुनै दिन बेसाहारा बनेर दुधे वालक स्याहार्न हम्मे हम्मे परेको र अरुको मजुरी गरेर गुजारा गरेको जिवनको दिनचर्या यसरी बदलिएला भनेर कल्पना समेत गर्न नसकेको उहाँले बताउनु हुन्छ । एउटा संस्थाको सानो सहयोग र संस्थाले देखाएको बाटोमा अघि बढ्दै जाँदा अहिले म आत्मनिर्भर बन्न पुगे । मेरो जिवनमै चमत्कार भए जस्तो लागेको छ–चौधरीले भन्नुभयो । श्रीमानले अर्कि लगेर गएपनि अब मलाई कुनै प्रकारको समस्या छैन । आफ्नो खुट्टामा उभिन सफल भए । मजदुर बाट मालिक बनाउन संस्थाले देखाएको बाटो र सहयोग कहिल्यै बिर्सिन्न–उहाँले भन्नुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]