
pku
Ggp
Pbu
Unsku
Rgp
Srbpu
Rgp1
Lnp
Sgr

Sls
Rgs
Bbbpu
Vor
Gst
Rsb
Ggd
Asm
Ksm
Pvg
Rgu
nsb
Bbu
Sbs
Tsm
Ssm
Hal
Wsp
Rgu

Syp
bbt
Mks
Ptm
Gsb
Bml
Rpp
Jmb
Jmb
Abd
sab
Rmb
Pls
दाङ । देउखुरीको गढवा गाउँपालिकामा डेढ महिनाको शिशुको मृत्यु भएपछि पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी न्याय दिन माग गरेका छन् ।
गढवा गाउँपालिका वडा नम्बर १ बडहराका ३६ वर्षीय बादल नेपालीका डेढ महिनाका छोरा आशिष नेपालीको उपचारका क्रममा फागुन २२ गते मृत्यु भएपछि परिवारले घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
शिशुलाई उपचारका लागि जेठानगाउँस्थित यूनिका मेडिकलमा लगिएको थियो । त्यहाँ स्वास्थ्यकर्मीले औषधी खुवाएपछी बच्चा शिथिल हुदै गएको र मृत्यु भएको,जसमा स्वास्थ्यकर्मीको चरम लापरबाही भएको दावी परिवारका सदस्यले गरेका छन् ।
पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पीडित परिवारले शिशुको मृत्यु शंकास्पद रहेको भन्दै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।
परिवारका सदस्यहरुले सानो शिशुको अकाल मृत्युले आफूहरु गहिरो पीडामा परेको बताउँदै सत्यतथ्य बाहिर ल्याउन राज्यसँग आग्रह गरेका छन् । ज्यान सम्बन्धी कसुर मुद्दा चलाउन पीडित परिवारले माग राखेका हुन । प्रहरीले भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
