
Lnp
Sgr
Rgp1
Srbpu
Rgp
Unsku
pku
Ggp
Pbu

Vor
nsb
Ksm
Sbs
Pvg
Hal
Tsm
Ggd
Bbu
Bbbpu
Rsb
Gst
Sls
Rgu
Asm
Ssm
Rgu
Rgs
Wsp

Mks
Jmb
bbt
sab
Gsb
Rmb
Rpp
Abd
Pls
Ptm
Bml
Jmb
Syp
काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकको न्यायका लागि पीके कलेजका विद्यार्थीहरु राजधानीमा विरोध प्रदर्शन तीव्र पारेका छन् ।
शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा पद्म कन्या बहुमुखी क्याम्पस (पीके कलेज) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अगुवाइमा विरोध प्रदर्शन गरेका हुन् । सडकमा उत्रिएका विद्यार्थीहरुले पीडित परिवारलाई अविलम्ब न्याय र दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरे । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘इनिशा विकलाई न्याय दे,बलात्कारीलाई फाँसी दे,जात व्यवस्था मुर्दावाद,पितृसत्ता अन्त्य गर र अपराधीलाई राजनीतिक संरक्षण बन्द गर’ जस्ता चर्का नाराबाजी गरेका थिए ।
त्यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका-६, बडाखोली स्थायी घर भएकी इनिशा विकको गत फागुन २३ गते वीरेन्द्रनगर-४ स्थित शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो । सामूहिक बलात्कारपछि उनको हत्या गरिएको भन्दै परिवारले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । न्यायको सुनिश्चितता नभएको भन्दै परिवारजनले हालसम्म बालिकाको शव बुझ्न अस्वीकार गरेका छन् । पीडित पक्षले घटनाको गहिरो छानबिन र सत्यतथ्य बाहिर ल्याउन माग गर्दै आएका छन् । यस्तै घटनाको संवेदनशीलता र बढ्दो जनदबाबका बीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यस प्रकरणको थप अनुसन्धान थालेको छ ।
सुर्खेत प्रहरीले बुधबार सीआईबीसँग सहयोग मागेपछि प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली सुर्खेत पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोनजंग बुढथापाका अनुसार घटनामा संलग्न रहेको आरोपमा हालसम्म चार जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका सबै १८ वर्षमुनिका किशोरहरु रहेका छन् । उनीहरुमाथि म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
