दाङ । तस्बिरमा देखिएका यी दुई नेता आफैमा मजबुती नेताका रुपमा परिचित छन् । यिनै दुई नेता दाङको लमही नगर सभापति पद हाँक्ने दाउँमा रहेका छन् ।
नेपाली काँग्रेसको १४ औ महाधिबेशनका लागि लमही नगरको सभापति पदमा आपसमा भिड्ने भएका हुन् । काँग्रेसको राजनितिमा वर्षौं पहिलेदेखि होमिएका यी दुई नेता बीचको प्रतिस्पर्धा भने चानचुने हुने छैन । राजनितिमा छुट्टै पहिचान बनाएका यी दुई नेताबीच उमेर हदका कारणपनि कडा प्रतिस्पर्धा हुने निश्चित छ ।
यस्तै सभापति पदका उम्मेद्वार सन्तोष बुढाथोकि आफैमा युवा नेता हुन् । काँग्रेसको भातृ सँगठन नेपाल तरुणदलबाट राजनीतिमा सक्रिय रहेका बुढाथोकि तरुण दल लमही नगरको वर्तमान सभापति पनि हुन् । त्यस्तै सभापतिका अर्का उम्मेद्वार शिव प्रसाद चौधरी काँग्रेसको राजनीतिमा वर्षौं पहिलेदेखि आफ्नो छवि उच्च स्थानमा राख्दै आईरहेका नेता हुन् । चौधरी नेपाली काँग्रेसको १३ औं महाधिबेसनमा लमही नगरकै सभापतिमा निर्बिरोध निर्बाचित भएका थिए ।
त्यसैगरी अहिलेपनि सभापतिकै आकाङ्छ्या सहित चौधरीले आफ्नो नाम सार्वजनिक गरेपछि दुई नेताबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
काँग्रेसको राजनीतीमा चौधरी भन्दा बुढाथोकिको योगदान धेरै भन्न त नमिल्ला । तर, बद्लिदो समय सँगै चौधरीलाई त्यतीले मात्र चुनाब जित्न सकस हुने देखिन्छ । चौधरी आफैमा पुरानो नेता भएको र अघिल्लो महाधिबेशनमा निर्बिरोध निर्बाचित भएका कारण पनि चौधरीले जितको मत आफ्नै पोल्टामा पार्ने देखिन्छ ।
युवा पिढिको मन जित्न सफल भएका बुढाथोकि पनि त्यति कमजोर नेता भने हैनन् । पछिल्लो समय नेपाली काँग्रेसमा युवाको आकर्षण बढ्दै गईरहेको र स्वयम बुढाथोकि पनि उदाउँदो युवा नेता र ब्यबसायी भएका कारण पनि अत्यधिक मत क्रस हुन सक्ने देखिन्छ । दुई नेता बीच लमही नगरको सभापति पद कुन नेताले हाक्न पाउँने! त्यसको नतिजा भने असोज ९ गते सार्वजनिक हुनेछ ।
यस्तै चौधरी प्यानेलबाट उपसभापतिमा बिनोद खड्का र लालमणी चौधरी,सचिवमा कैलाश प्रसाद चौधरी र हरिबहादुर बिकको नाम सार्वजनिक भईसकेको छ भने बुढाथोकि प्यानेलाबाट उप-सभापतीमा जगनारायण चौधरी (रमण) र अम्मर वली,सचिवमा प्रेम कालाथोकि, सहसचिव हिमान्सु न्यौपानेको नाम आईसकेको छ । अन्य उम्मेद्वारको छनौटका लागि छलफल तथा सहकार्य भईरहेको नेताहरुले बताएका छन् ।