
Unsku
Gfs
Ggp
Rgp
Pes
Srbpu
pku
cjs
Rgp1
Pbu
Sgr
Lnp
sbs
Djs

Asm
Rgu
Rgs
Ggd
Wsp
Hal
Tsm
nsb
Bbbpu
Sls
Ksm
Bbu
Sbs
Vor
Ssm
Gst
Rsb
Pvg
Rgu

Jmb
Rmb
Rpp
bbt
Ptm
Abd
Pls
Syp
Bml
Jmb
sab
Mks
Gsb
अर्घाखाँची।अर्घाखाँचीबाट विभिन्न पेशा व्यवसाय र अध्ययनको सिलसिलामा काठमाडौ गएका अर्घाखाँचीवासी गृह मन्त्रालयले सिफारिस दिएपछि लकडाउनको समय ११ वटा बस रिजर्भ गरेर ४१६ यात्रु अर्घाखाँची आइपुगेका छन् । गृह मन्त्रालयले सिफारिस दिएपनि उनीहरुले अर्घाखाँचीका स्थानीय सरकार तथा स्थानीय प्रशासनलाई जानकारी गराएका भने छैनन् ।उनीहरुको स्वास्थ्य परिक्षण जिल्ला शितगंगा नगरपालिकाको डोहोटेमा गरिएको थियो । सरकारले लकडाउन कडा गर्ने भने तापनि यसरी यात्रु जिल्ला भित्रिएपछि स्थानीयमा झन त्रास बडेको जिल्लावासीको गुनासो छ ।काठमाडौदेखि अर्घाखाँची आएका सबैलाई जिल्लामा रहेका सम्बन्धित नगरपालिका वा गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने भनेर जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आकस्मिक बैठक राखेको थियो । यता त्यो नियम विपरित कार्य तीन स्थानीय तहमा भइसकेको छ । जिल्लाको शितगंगा नगरपालिकाले गोरुसिङ्गे–सन्धिखर्क सडक बाटो हुँदै आउने भएकाले नगरपालिकाले आफ्ना नगरवासी २३ जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घरमा पठाएको छ ।त्यस्तै पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिका यात्रु फरक बाटो प्रयोग गरी पाल्पा हुँदै अर्घाखाँची प्रवेश गरी बिहान ५ बजे नै घरघरमा पुगिसकेका १८५ जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताइएको छ ।सन्धिखर्क नगरपालिकाका ७२, भुमिकास्थान नगरपालिका २७ मालारानी गाउँपालिकाका ८२ जनालाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राख्ने तयारी भएको बताएको छ । त्यस्तै गुल्मी र प्युठान जिल्लाका १६ जनालाई सम्बन्धित जिल्लाको गाउँपालिका वा नगरपालिकामा पठाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
