Sidha Patra बुधबार, बैशाख १०, २०७७

अर्घाखाँची।अर्घाखाँचीबाट विभिन्न पेशा व्यवसाय र अध्ययनको सिलसिलामा काठमाडौ गएका अर्घाखाँचीवासी गृह मन्त्रालयले सिफारिस दिएपछि लकडाउनको समय ११ वटा बस रिजर्भ गरेर ४१६ यात्रु अर्घाखाँची आइपुगेका छन् । गृह मन्त्रालयले सिफारिस दिएपनि उनीहरुले अर्घाखाँचीका स्थानीय सरकार तथा स्थानीय प्रशासनलाई जानकारी गराएका भने छैनन् ।उनीहरुको स्वास्थ्य परिक्षण जिल्ला शितगंगा नगरपालिकाको डोहोटेमा गरिएको थियो । सरकारले लकडाउन कडा गर्ने भने तापनि यसरी यात्रु जिल्ला भित्रिएपछि स्थानीयमा झन त्रास बडेको जिल्लावासीको गुनासो छ ।काठमाडौदेखि अर्घाखाँची आएका सबैलाई जिल्लामा रहेका सम्बन्धित नगरपालिका वा गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने भनेर जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आकस्मिक बैठक राखेको थियो । यता त्यो नियम विपरित कार्य तीन स्थानीय तहमा भइसकेको छ । जिल्लाको शितगंगा नगरपालिकाले गोरुसिङ्गे–सन्धिखर्क सडक बाटो हुँदै आउने भएकाले नगरपालिकाले आफ्ना नगरवासी २३ जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घरमा पठाएको छ ।त्यस्तै पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिका यात्रु फरक बाटो प्रयोग गरी पाल्पा हुँदै अर्घाखाँची प्रवेश गरी बिहान ५ बजे नै घरघरमा पुगिसकेका १८५ जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताइएको छ ।सन्धिखर्क नगरपालिकाका ७२, भुमिकास्थान नगरपालिका २७ मालारानी गाउँपालिकाका ८२ जनालाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राख्ने तयारी भएको बताएको छ । त्यस्तै गुल्मी र प्युठान जिल्लाका १६ जनालाई सम्बन्धित जिल्लाको गाउँपालिका वा नगरपालिकामा पठाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]