
Asm
smb
jms
Rg-9
gms
Bpb
Ddh
jmb
Sys
sks
Gsbus
Ssbus
Rus
Ppu

bml
Hl1
Rys
Ln7
kbs
Gg1
Gsb
Ln1
Gg5
Usb
Ssb
Dps
Ln8
Ln9
Tsb
cks
Sbs
bmj
Ln2
Ln3

ptl
Gjl
Jpb
Nps
Gg3
Bpb
Jab
Rgu
Rss
Ksb
Gg4
Sbs
Snk
Sab
Gg2
Sml
Gg6
दाङ । बुधबारदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । दाङबाट ९६५१ परीक्षार्थीले कक्षा १२ को परीक्षा दिदै छन् । ९ हजार ३१ जना नियमित र ६ सय २० जना आंशिक तर्फका परीक्षार्थी परीक्षामा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्ड दाङ शाखाका प्रमुख रामलाल खड्काले जानकारी दिनु भयो ।
त्यसैगरी परीक्षा असोज ८ गतेसम्म संचालन हुने छ । जिल्लामा ७४ वटा संस्थागत र सामुदायिक विद्यालयबाट परीक्षा दिन लागेका हुन् । यस्तै कोरोना महामारीको संक्रमण यथावत रही रहेकोले विद्यार्थीले होम आइसोलेसनबाटै परीक्षा दिन लागेको खड्काले बताउनु भएको हो ।
त्यस्तै दैनिक परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुने उहाँले बताउनु भयो । यस्तै परीक्षाका लागि तयार पारिएका प्रश्नपत्र सम्बन्धित विद्यालयलाई अनलाइन माध्यमबाट परीक्षा हुनुको आधा घण्टा अगाडी परीक्षा बोर्डले पठाउने गरेको प्रमुख खड्काले जानकारी दिनु भयो ।
देशैभर कक्षा १२ को परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ विद्याथीले दिन लागेका छन् । यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । यस्तै कोरोना जोखिमका कारण साउनमा पनि स्थगित भएको थियो ।
