Sidha Patra शनिबार, भाद्र २६, २०७८

दाङ । बंगलाचुली गाउँपालिकामा एक किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका वडा नं. ७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्की रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्र प्रशाद रिजालले जानकारी दिए ।

स्थानीय एक १७ बर्षीया किशोरीलाई यी तीन जना मिलेर राति जंगलमा सामुहिक बलात्कार गरेको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरि आवश्यक कानुनी कारबाही सुरु गरेको डिएसपी रिजालले बताए ।

बुधबार गाउँमा साँझ तीजको नाच हेर्न गएकी ती किशोरी बिहीबार बिहान २ बजेतिर नाच हेरेर एक्लै एक्लाबर नजिक जंगलको बाटो हुँदै घर फर्किने क्रममा सामुहिक बलात्कारमा परेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

बिहीबार मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको र सोही दिन उनीहरुलाई पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिए ।

पीडित किशोरी प्रहरीको महिला सेलमा राखेर मनोपरामर्ष तथा उपचार भइरहेको प्रहरीले जनाएको छ । पीडितको उजुरीको आधारमा आरोपित ब्यक्रिहरुका बिरुद्ध कनुनी कारबाहीको प्रक्रिया अगाडि बढी सकेको डिएसपी रिजालले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]