
dsbus
Bksbus5
Gsl
Ddhbs
Csbus
Rbs
Pbu
Ssbus
Amb
Ratbs
Nssbus7
Jsbus
syysr
gms
Syees
Gsbus

Tsm
Sbs
Vor
Asm
nsb
Hal
Pvg
Bbu
Ksm
Rgs
Rgu
Ggd
Rgu
Sls
Bbbpu
Rsb
Gst
Wsp
Ssm

Rmb
Ptm
Gsb
sab
Mks
Bml
Syp
Rpp
bbt
Jmb
Jmb
Abd
Pls
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
बिहीबार १०८औं बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा आयोजित कार्यक्रममा शर्माले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले बिहान साढे ८ बजे सुन्दरीजल पुग्ने र रुद्राक्षको विरुवा रोप्ने योजना थियो । तर पण्डित बासुदेव कृष्ण शास्त्रीको सल्लाह अनुसार दिउँसो १ बजेर ७ मिनेटको साइत रोजेको उनले बताए ।
यस्तै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शर्माले अब कांग्रेसले तीनवटा निर्वाचन जितेर देशलाई एउटा बाटोमा हिँडाउनुपर्ने बताए । १३ जेठ २०१६ सालमा प्राधनमन्त्री बन्दै गर्दा बीपी कोइरालाले १५ वर्षमा हरेक नेपालीलाई आफूजस्तै नेपाली बनाउने सपना देखेको भन्दै उनले अघि भने, ‘आज हामीले ७८ सालमा महाधिवेशन गर्दै गर्दा उम्मेदवारी घोषणा गरेर मात्र पुग्दैन, यो देशले बाटो लिने हो भने १५ वर्षको सपना परिकल्पना गर्न जरुरी छ ।’
त्यस्तै उनले अघि भने, ‘कांग्रेसले एउटा निर्वाचत जित्ने र एउटा हार्ने हो भने बीपीले १५ वर्षमा देश बनाउँछु भनेर गरेको परिकल्पना र स्पिरिटलाई सम्बोधन गर्न सकिन्न । देश अस्थिरताको जञ्जालमा पर्छ र देश बनेन भने कांग्रेसलाई पनि अप्ठ्यारोमा पर्छ,त्यसैले आज म उद्घोष गर्न चाहन्छु, कांग्रेसको आगामी महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारीमा गएर यस्तो सपनाका साथ कांग्रेसलाई ड्राइभ गर्न चाहन्छु । ताकि कांग्रेसले लगातार तीनवटा निर्वाचन जितेर देशलाई एउटा बाटो दिनु पर्छ शर्माले भने ।’
