शिबराज पन्थी/गढवा बुधबार, भाद्र २३, २०७८

दाङ । लमहीबाट गढवा प्रबेश गर्दै गर्दा सिक्रहवा पुलको द्धारमा उत्तरतर्फ २ वटा टिनका ट्रष्टहरु बनाईएको छ । तिनवटा एसी लगाएर एउटा कोल्ड स्टोर बनाइएको छ भने अर्को ट्रष्ट खुल्ला राखिएको छ । जहाँ कृषकहरुले चराउन लगेका गाइभैसिहरु सितल तापेर बसेको पनि भेटिन्छ । पाँचबर्ष पुग्नै आँट्यो तर ति दुबै घरहरु बेवारिसे छन् ।

यो दृश्य हो राजधानी बहुउद्देश्यिय सहकारी संस्थाले अनुदान पचाउन बनाएको चिस्यान केन्द्र र तरकारी संकलन केन्द्र । गढवा क्षेत्रका किसानहरुको तरकारी संकलन,भण्डारण र बजारिकरण गर्ने उद्देश्यले किसानहरुलाई सपना बाँडेर संकलन केन्द्र र चिस्यान केन्द्र बनाइयो । तामझामका साथ उद्घाटन समेत गरियो तर अनुदान रकम बुझेपछि यो बेवारिसे र अलपत्र अवस्थामा रहेको छ ।गढवा गाउँपालिका वडानं. ७ घोराहामा कृषि बजार कार्यक्रम उप–आयोजना मार्फत ९१ लख बढी अनुदान र किसानहरुको ६९ लाख गरि कुल १ करोड ६१ लखको लागतमा तरकारी संकलन केन्द्र र चिस्यान केन्द्र निर्माण गरियो । अनुदानको रकम बुझेपछि यो संकलन केन्द्र प्रयोग बिहिन भएर बेवारिसे बन्यो । २०७१ चैत्र १ बाट निर्माणकार्य सुरु भै २०७४ माघ १० मा निर्माण सम्पन्न भएको पाइन्छ । एडिबि र नेपाल सरकारको सहयोगमा संचालन गरिएको र हाल कार्यक्रम फेजआउट भै सकेको साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजनाको पुरक अनुदानमा सो संकलन केन्द्र निर्माण गरिएको हो । किसानले १ हजार देखि एकलाख ७ हजार सम्म शेयर लगानी गरेको सो रकम पनि राजधानी सहकारी संस्थाले लगेको र हालसम्म फिर्ता पनि नगरेको किसानहरुको भनाई छ । कुल ३ सय ७९ जना किसानहरुबाट शेयर रकम उठाइएको बुझीएको छ ।

गढवा ७ कान्छीगाउँका रामप्रसाद चौधरीले ६ बर्षअघि चिस्यान केन्द्र निर्माण गर्न भनी सहकारी मार्फत बैंकमा जग्गा धितो राखेर २ लाख ५० हजार ऋण निकालेर सापटी दिएको बताउनु हुन्छ । अनुदानको रकम आएपछि फिर्ता दिने भनिएको सो रकम हालसम्म उहाँले फिर्ता नपाएको बताउनु भयो ।

त्यस्तै धेरै अनुरोध गर्दा पनि पैसा फिर्ता पाइएन,अनि जग्गा बेचेर ऋण तिरे । सपना ठूलै देखाइयो,कृषि क्रान्तीका कुरा गरियो तर सहकारीका ति मान्छे अहिले कता गए–कता ? एकलाख ७ हजार शेयर जम्मा गरें तर न त शेयर रकम फिर्ता पाइयो न कोल्ड स्टोर र संकलन केन्द्र नै चल्यो,किसानका लागि बनाइएको संकलन केन्द्र र चिस्यान केन्द्र अहिले बेवारिसे बन्योे–स्थानीय कृषक शोभाराम यादवले भन्नु भयो ।

यस्तै राजधानी सहकारी संस्थाका तात्कालिन अध्यक्ष धनीराम पौडेलको पालामा परियोजना सुरु भएको र शुसील क्षेत्रीको कार्यकालमा सम्पन्न भएको तर हालसम्म संचालनमा नआएपछि किसानहरुले स्थानीय सरकारले आफ्नो माताहतमा ल्याई संचालन गरेमा राम्रो हुने बताउँछन् । अहिले सो सहकारीका अध्यक्ष पुर्ण बहादुर ओली हुनुहुन्छ । ओलीले संकलन केन्द्र संचालन गर्ने योजना भएपनि बजेट अभावमा गर्न नसकिएको बताउनु हुन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]