शिबराज पन्थी/गढवा सोमबार, भाद्र २१, २०७८

दाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजनामा आइतवार कोभिड प्रतिकार्यका लागि गढवा गाउँपालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।

रेडक्रस दाङले गढवा गाउँपालिकामा संचालन गरिरहेको कोभिड–१९ बिपद् पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत बिगतमा भए गरेका कार्यक्रमहरुको समिक्षा र आगामी कार्यक्रमहरुका बारेमा जानकारी गराइएको हो । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसको उक्त कार्यक्रम मार्फत आइसुलेशन सेण्टर,क्वारेण्टाइन ब्यवस्थापन,मनोसामाजिक परामर्श,स्वास्थ्य संस्थालाई सहयोग,स्वास्थ्य सामाग्रीहरु वितरण,मास्क खोई अभियान,संकटासन्न घरधुर सिर्भेक्षण,खोप अभियानमा सहयोग,बिपद् जोखिम न्यूनिकरण र स्वयंसेवक दल परिचालन तथा कोरोना सचेतनाका बिभिनन कार्यक्रमहरु गरिदै आएको कार्यक्रममा जानकारी गराइएको हो ।

नेपाल रेडक्रस सोसाइटीले गढवा र राजपुर गाउँपालिका क्षेत्रमा स्थानीय सरकारको सहयोगी अंगका रुपमा बिपद् प्रतिकार्यका बिभिन्न गतिविधिहरु संचालन गरेको,जिविकोपार्जन र आयआर्जनका कार्यक्रमहरु गरेको,सुचना संचार र प्रचार प्रसार गरेको तथा बिपद् प्रतिकार्यका लागि दक्ष जनशक्ति उत्पादन,दस्तावेजीकरण गरेको र जनशक्तिको परिचालन समेत गरिरहेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनु भयो ।कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी,वडा अध्यक्ष तुल्सीराम अधिकारी,प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा,देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट र नागरिक समाजका जया बिश्वकर्मा लगायतले गढवा गाउँपालिका क्षेत्रमा रेडक्रसले गरेका गतिविधिहरु सकारात्मक र प्रभावकारी भएको बताउनु भएको थियो । कार्यक्रमको प्रस्तुतिकरण मोहन कुमार पाण्डेय र देवि प्याकुरेलले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]