दाङ । गयराती लमहीमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
गयराती पौने १२ बजे लमहीबाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प ७८५९ नम्बरको मोटरसाईकल रातोडाँडा (भित्री बाटो) मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ७ हसनापुर निवासी मोटरसाईकल चालक अन्दाजी ४० बर्षिय शिबु गिरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।दुर्घटना भएको स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अस्पताल जाने बित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेका हुन । अहिले पोष्टमार्टमका लागि शबलाई लमही अस्पतालमै राखिएको छ ।परिवारका अनुसार उनी आफन्ती सहित शनिबार सुपा देउराली दर्शन गरि फर्किएका थिए । सुपादेउरालीबाट अबेर मात्र लमही पुगेका उनी लमहीका आफन्तीलाई बिदाई गरि आफ्नो घर हसनापुर जाँदै थिए ।